अहिले पनि उत्तिकै लोकप्रिय छ हाट बजार (भिडियो सहित)

धनकुटा । ठुला बजार र मुद्रा अभावमा बस्तु बिनियम प्रथालाई सहजरुपमा सञ्चालन गर्न सयौ बर्ष अघि गाँउघरवाट हाट बजार सुरु भएको थियो तर बस्तु बिनियम प्रथाको अन्त्य भइ ठुला ठुला वजारको बिकास भएपनि धनकुटामा स्थानिय स्तरमा लाग्ने हाटबजारको लोकप्रियता अहिले पनि उत्तिकै छ ।

बजारको पहुंच भन्दा टाढा भएका बर्गलाइ दैनिक आश्यकिय सामाग्री स्थानिय स्तरमै उपलब्ध गराउने एउटा माध्यम हो हाट बजार । ठुला बजार र मुद्रा अभावमा बस्तु बिनियम प्रथालाई सहजरुपमा सञ्चालन गर्न सयौ बर्ष अघि गाँउघरवाट सुरु भएको बिश्वास गरिन्छ । धनकुटामा हरेक गाँउ सडक सञ्जाल मार्फत जोडिइसकेका छन् । दैनिक उपभोग्य सामाग्री गाँउगाँउमै उपलब्ध हुन्छ तर पनि धनकुटामा यस्ता हाट बजारको उत्तीकै महत्ब छ जति पहिले थियो । स्थानिय हाट बजारमै दैनिक उपभोग्य सामान सहित कपडा जुत्ता चप्पल श्रृगारका सामाग्री तथा कृषिजन्य उत्पादन पाउने भएपछि समयको बचत हुने भएकाले यसको लोकप्रियता बढ्को धनकुटा शहिदभुमी गाँउपालिकाका बासिन्दा मात्रृका राइ बताउनु हुन्छ ।

बजार भित्रि गाँउ देखि सहर बजारका बासिन्दालाइ भेट गराउने स्थल पनि हो । यहा गाँउमा उत्पादन भएका कृषिजन्य उत्पादन लिएर तथा दैनिक उपभोग्य सामाग्री खरिदको लागि गाँउगाँउवाट बजार सम्म पुग्ने गर्दछन् । त्यस्तै बजारका बासिन्दा तिनै कृषिजन्य उत्पादन खरिद गर्न तथा उद्योगवाट उत्पादित सामाग्री लिएर हाट बजार पुग्ने गरेका छन् । यस्ता हाट बजारले स्थानिय स्तरको कलासंस्कृति संग जोडिएका सामाग्री समेत पाउने भएकाले स्थानिय कलासंकृतिको संरक्षण र प्रबर्दन गर्न सहयोग गरेको धनकुटा आखिसल्लाका कमल बहादुर परियार बताउनु हुन्छ ।

हाल धनकुटा सदरमुकाम, हिले, छिन्ताङ्ग, सिदुवा, आखिसल्ला, काजिमाने फलामेटार सहित जिल्लाका दुई दर्जन भन्दा बढि स्थानमा साप्ताहिक हाट लाग्ने गरेको छ । यस्ता हाट बजारवाट कर संकलन हुने भएकाले गाँउपालिका र नगरपालिकाको आम्दानीको स्रोत पनि हन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖