कोशी पहाडी जिल्लाका पेट्रोलपम्प व्यवसायीहरु आन्दोलित

धनकुटा । कोशी पहाडी जिल्लाका पेट्रोलपम्प व्यवसायीहरु आन्दोलित भएका छन् ।

कोशी पहाडी जिल्लाका विभिन्न आयोजनाहरुलाई जिल्ला बाहिरका पेट्रोलपम्पहरुले अबैध रुपमा पेट्रोलियम पद्धार्थ बेचेको भन्दै कोशी पहाडी जिल्लाका पेट्रोलपम्प व्यवसायीहरु आन्दोलित भएका हुन् ।

पहाडी क्षेत्रमा सञ्चालित विभिन्न आयोजनाहरुमा इटहरी, धरान, विराटनगर, अमलेशगञ्ज, विरगंज,बुटवल, हेटौडा लगायतका पेट्रोल पम्पहरुले अबैद रुपमा पेट्रोलियम पद्धार्थ ढुवानी गरेको उनीहरुले बताएका छन् ।

पहाडी पेट्रोलियम व्यवसायी एशोसियसनले धनकुटामा आज पत्रकार सम्मेलन गर्दै जिल्ला बाहिरका पम्पहरुले जथाभावि अबैद रुपमा पेट्रोलियम पद्धार्थ ढुवानी गर्दा यस क्षेत्रका पेट्रोलपम्पहरु धरासायी बन्दै गएको जनाएको छ ।

एशोसियसनले तराइका विभिन्न पेट्रोलपम्पहरुको यस्तो प्रवृतीप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ । नेपाल आयाल निगमलाई आफनो नियम कार्यन्वयन भए नभएको निगरानि गर्न समेत एशोसियसनले विज्ञप्ती मार्फत ध्यानकर्षण गराएको छ ।

विज्ञप्तीमा भनिएको छ “स्थानीय प्रशासन र नेपाल आयल निगमले यस्ता विषयमा निगरानी बढाउदै यस्ता गलत प्रवृती रोकेर त्यस्ता पेट्रोल पम्पहरुलाई तत्काल कारवाहि नगरेमा पहाडी क्षेत्रका सबै पेट्रोल पम्पहरु बन्द गरि प्रशासनलाई चावी बुझाएर आन्दोलनमा जान बाध्य हुने चेतावनी दिन चाहान्छौ ” ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको ढुवानि गर्ने सम्बन्धमा टैङकरहरुले निगमबाट विलिङ्ग भए अनुसारको विक्रेताहरुकोमा मात्र पेट्रोलियम पदार्थ डेलिभरि गर्नुपर्ने व्यवस्था भए पनि पम्पहरुले जथाभावि लगेर तेल बिक्री गर्दा निगमलाई राजश्वघाटा हुने पहाडी पेट्रोलियम व्यवसायी एशोसियसनका अध्यक्ष अनिस राईले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖