धनकुटामा शैक्षिक भ्रमण, मनोरञ्जन संगै सिकाइपनि
धनकुटा । पछिल्लो समय बिद्यालयहरुले शैक्षिक भ्रमण निक्कै प्राथमिकतामा राख्ने गरेका छन् । शैक्षिक भ्रमणहरु केहि सिक्न भन्दा पनि घुम्न तथा मनोरन्जन बढि केन्द्रित हुने गरेको छ । तर धनकुटामा भने घुम्न आउने बिद्यार्थीको लागि नयाँ अभियान सुरु गरिएको छ । यहाँ बिद्यार्थीले घुम्न र मनोरन्जन मात्र हैन केहि सिक्ने अबसर पनि पाउने छन् ।
शैक्षिक भ्रमणको नाममा मनोरञ्जन मात्र गर्ने प्रचलन बढिरहेको बेला यो धनकुटामा सुरु गरिएको एक नयाँ अभियान हो । यसले बिद्यार्थीलाइ घुम्न मात्र हैन केहि शिक्न समेत प्रेरीत गर्ने छ । भ्रमणमा धनकुटामा पाईने आर्गनीक खाने कुरा खुवाईने अभ्यास समेत गरिएको छ । त्यति मात्र नभइ लोप हुदै गएको दुना टपरीमै खाना तथा खाजा खुवाउने ब्यबस्था गरिएको छ ।
धनकुटामा हुने कृषिजन्य उत्पादनको बारेमा जानकारी र सम्भावनाको बारेमा समेत जानकारी गराईने छ । धनकुटामा यो अभियानको नेत्रृत्ब कृषि अभियनता जीवन प्रसाद राइले गर्नु भएको छ । बिद्यार्थीहरुको पनि अन्य भ्रमण भन्दा यो भ्रमण फरक भएको अनुभब छ । घुमघाम मनोरन्जन संगै धेरै कुराको ज्ञान लिने अबसर पाएको बिद्यार्थीहरु बताउछन् ।
शैक्षिक भ्रणम त बर्षेनी धेरै बिद्यालयले गराउने गरेका छन् । तर बिद्यालयहरुले बर्षेनी गराउने शैक्षिक भ्रमणवाट उपलब्धि कति भयो कसरी गरिदैछ भन्ने बारे कुनै लेखाजोखा हुदैन । भ्रमणवाट मनोरन्जन त होला तर शिक्षा भने प्राय सुन्य हुने गरेको छ । धनकुटामा गरीएजस्तो अभियान भन्यत्र पनि सुरु गरिए बिद्यार्थीले घुम्ने मात्र हैन केहि ज्ञान लिने समेत अबसर प्राप्त गर्ने थिएकी ।


