नेपाल तामाङ घेदुङ धनकुटा नगरको ५ औं नगर अधिवेशनद्वारा कुल बहादुर तितुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिती गठन
धनकुटा । नेपाल तामाङ घेदुङ धनकुटा नगरको ५ औं नगर अधिवेशनले कुल बहादुर तितुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको छ ।
जिल्ला समन्वय समिती धनकुटाका प्रमुख निरेन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनबाट सर्वसम्मत रुपमा नगर घेदुङ अध्यक्षयमा तितुङ अध्यक्षतामा समिति गठन गरिएको हो । समितीको उपाध्यक्षमा नेत्रकुमारी तामाङ,सचिव ववि घिसिङ,सह-सचिव दिपकराज लामा,कोषाध्यक्ष पञ्चमाया तामाङ रहेका छन् । सदस्यहरुमा पालाङ दोर्जे लामा,बिर बहादुर लामा ,नरेश पाख्रिन,पेमा ग्लान, गजेन्द्र घिसिङ, राज योञ्जन, गोपाल ग्यावा लगायत रहेका छन् ।
उद्धघाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तामाङले तामाङ समुदायमा सामाजिक जागरण ल्याउन घेदुङको महत्वपुर्ण भुमिका रहेको वताउनुभयो । उहाँले धनकुटा नगर घेदुङले संचालन गरेको हरेक क्रियाकलापले १० वटै वडामा छरिएर वसेका तामाङ मनहरुले परिवर्तनको अनुभुती गर्न सकोस भनी शुभकामना समेत व्यक्त गर्नुभयो ।
उहाँले तामाङ जातिको भाषा, संस्कार, संस्कृति वचाउने काममा घेदुङले ठूलो योगदान गरिरहेको चर्चा गर्नुभयो । त्यस्तै कार्यक्रमका विशेष अतिथि नेपाल तामाङ घेदुङ धनकुटाका निवर्तमान अध्यक्ष सीताराम थिङ तामाङले तामाङ समुदाय साँस्कृतिक जागरणवाट माथि उठिसकेको बताउनुभयो । उहाँले राजनितिक अधिकार प्राप्तीको लागि अझ्ै तामाङ घेदुङले राजनितिक जाँगरणका कार्यक्रम गाउँगाउँमा संचालन गर्नु पर्नेमा जोड दिनुभयो।
तामाङले प्रदेश नं.१ लाई सवैको भावनालाई सम्वोधन हुने गरी ऐतिहाशिक पृष्ठभूमि र सभ्यताको आधार वहुपहिचानको आधारमा प्रदेशको नामकरणको लागी आन्दोलन गर्नुको विकल्प नरहेको बताउनुभयो । अधिवेशनमा फोनिज कोशी प्रदेश अध्यक्ष सन्तविर लामा ,घेदुङ जिल्ला निवर्तमान अध्यक्ष सिताराम थिङ , घेदुङ जिल्ला कोषाध्यक्ष मानवी मोक्तान, जिल्ला नागरीक समाजका अध्यक्ष सुन्दर बाबु श्रेष्ठ लगायतको उपस्थिती थियो ।


