सरोकारवाला संघ संस्था तथा शुभचिन्तकहरु संग आर्थिक सहयोगका लागि अनुरोध

धनकुटा । अग्रज पत्रकार सञ्जय सन्तोषी राईले सरोकारवाला संघ संस्था तथा शूभचिन्तकहरु प्रति आर्थिक सहयोगका लागि अनुरोध गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष तथा बिगत ३१ वर्ष देखी धनकुटाबाट प्रकाशित जनविश्वास साप्ताहिक पत्रिकाका प्रधान सम्पादक समेत रहनु भएका उहाँले गत चैत १४ गते विहान आफुले सञ्चालन गर्दै आएको धनकुटा ७ हस्पिटल अगाडीको जनविश्वास अफसेट प्रेसमा आग्लागी भई क्षती भएपछि आर्थिक रुपमा समस्या भएको उल्लेख गर्दै सहयोगका लागि सम्पूर्णमा अनुरोध गर्नुभएको हो ।

लामो समयदेखी पत्रकारिता तथा सामाजिक सेवामै समर्पित हुँदै आएकोले अरु पेशामा लाग्ने मनुस्थिती छैन ।, ऋण, धन जे भने पनि हामीसँग जायजेथा भनेकै त्यही अफ्सेट प्रेस नै थियो । गरिखाने उद्यम त्यही अफ्सेट प्रेस नै जलेर खरानी भएपछि अत्यन्तै कठिन अवस्थामा गुज्रेका छौ’’ उहाँले भन्नुभएको छ । त्यसैले सरोकारवाला संघ संस्था तथा शूभचिन्तकहरुप्रति सहयोगका लागि अनुरोध गर्दछु उहाँको भनाई छ ।

आग्लागीमा परि अफ्सेट प्रेस मेशिन, प्लेट एक्पोजर मेशिन,कटिङ मेशिन,प्लेट सेटिङ बक्स,स्क्रिन प्रिन्ट, फ्रेम कम्प्य्टर,प्रिन्टर लगायतका सामाग्री जल्दा ५५ लाख बराबरको क्षती भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖