धर्मगंगा देखि सिलढुंङ्गा पार्क सम्मको पदमार्गको उद्धघाटन

धनकुटा,१ बैशाख । पर्यटन प्रर्बद्धन गर्ने उदेश्यका साथ धनकुटा नगरपालिका वडा ६ को धर्मगंगा देखि सिलढुंङ्गा पार्क सम्मको पदमार्गको उद्धघाटन गरीएको छ ।

धनकुटा नगरपालिका वडा नं ६ का वडाध्यक्ष मिलन कुमार खड्गीले वडा नं ६ स्थित गुर्धममा नेपालको झण्डा गाडेर पदमार्गको उद्घाटन गर्नु भएको हो ।

यो पदमार्ग आठपहरीया समुदायको बसोबास गर्ने ठाउँमा भएकाले विभिन्न किराती संस्कृति, संस्कार र जीवनशैली बुझ्न सकिने र बजारदेखि नजिकैको दुरीमा भएको कारणले पनि पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने अध्यक्ष खड्गीले बताउनुभयो ।

यो पदमार्ग यस क्षेत्रमा बसोबास गर्ने समुदायको लागि मात्र नभएर जिल्ला कै एक प्रमुख पर्यटकीय गन्तव्य बन्ने विस्वास गरेको धनकुटा नगरपालिका ६ का वडाध्यक्ष मिलन खड्गीले बताउँनु भयो ।

पदमार्ग उत्घाटन कार्यक्रममा पूर्व वडाध्यक्ष नरेश श्रेष्ठ,वडा सदस्य पुरुसोतम अर्याल, बुद्धिजिवी उद्धव कटुवाल लगायत स्थानीयको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖