पर्यटन प्रबर्दन तथा पूर्वाधार विकास संस्था धनकुटा १ हिलेको बैठकले गर्यो यस्तो महत्वपूर्ण निर्णय
धनकुटा । पर्यटन प्रवर्दन तथा पूर्वाधार विकास संस्था धनकुटा १ हिलेको बैठकले महत्वपूर्ण विभिन्न तीन निर्णयहरु गरेको छ ।
आज हिलेमा सम्पन्न बैठकले डिपीआर कार्यन्वयनको काम अघि बढाउने, टिचिङ हस्पिटल निर्माणका लागि पहल गर्ने र पर्यटनको नाममा रहेको जग्गा सिमांकनका लागि पहल गर्ने निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष वाङदा थिङ तामाङ, हिले बजार व्यवस्थापन समितिका अध्यक्ष लालचन गोङवा, कृषि अभियान्त जीवनप्रसाद राई सहित अन्य सरोकारवाला संघ संस्थाका प्रमुख एवं प्रतिनीधिको उपस्थितीमा बसेको बैठकले डिपिआर अनुसार हिलेमा रहेको पर्यटनको जग्गामा चिल्डे्रन पार्क निर्माणका लागि वडा सरकारको सिफारिस सहित सम्बन्धित कार्यलय, प्रदेश र संघिय सरकारसम्म जाने निर्णय गरेको छ ।
त्यस्तैगरि हिलेमा टिचिङ हस्पिटल निर्माणका लागि नेपाल विद्युत प्राधिकरणको नाममा हिलेमा रहेको जग्गा लिजमा लिन पहल गर्ने र पर्यटनको नाममा रहेको १ सय ३२ रोपनी बढी जग्गा सिमांकनका लागि नापी ल्याई तारवार गर्न स्थानिय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ ।
उल्लेखित विषयहरुको काम तदारुख्ताका साथ अघि बढाउन यहाँका सबै सरोकारवाला संघसंस्था र स्थानियवासिन्दा लागिपर्ने छलफल भएको संस्थाका अध्यक्ष खगेन्द्र विष्टले बताउनुभयो ।


