बुद्ध जयन्तीको अवसरमा युएईमा विशेष पूजापाठ तथा साँस्कृतिक कार्यक्रम

काठमाडौं । भगवन सिद्धार्थ गौतमले विश्वमा शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण गर्दै बुद्धको जन्म जयन्तीको अवसरमा युएईमा विशेष पूजापाठ तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

तामाङ समाज युएई, आदीबासी जनजाति युवा महासंघ युएई, त्रिशुली समाज युएई र काभ्रे सेवा समाज युएई लगायतका संघसंस्थाहरुको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुने भएको हो ।

दुबई स्थित ब्लु प्यालेस रेष्टुरेन्ट एण्ड क्याफेमा यहीँ आउदो ३० अप्रिल २०२३ मा ठिक दिउँसो १:०० बजेबाट सुरु हुने उक्त कार्यक्रममा नेपालबाट बहुचर्चित सेलो गायक फुल कुमार बम्जन सांगीतिक प्रस्तुतिका लागि युएई जाने निश्चित भएको छ ।

नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात २५६७ वर्षअघि सिद्धार्थ गौतमको जन्म भएको वैशाख शुक्ल पूर्णिमाको दिन अर्थात सोही दिन ज्ञान प्राप्त तथा महापरिनिर्वाण भएको दिनलाई संसारभर बुद्ध जयन्तीको रुपमा मनाउने चलन छ ।

काठमाडौंको बौद्ध, स्वयम्भूनाथ,चाबहिलमा रहेको चारुमति विहार लगायतका बौद्ध विहार, गुम्बा, स्तुप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभ्रेको नमोबुद्ध लगायत पछिल्लो चरण वैदेशिक रोजगारीको क्रममा विदेशमा पुगेका नेपालीहरुले पनि युएई,मलेसिया, कतार, साइप्रस, जापान लगायतका देशहरूमा बुद्ध जयन्ती मनाउन थालेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।