राकेश राईको स्मृतिमा अक्षयकोष स्थापना
धनकुटा,१४ बैशाख । सडक दुर्घटनामा परि २ बर्ष अघि निधन भएका धनकुटाको साँगुरीगढी गाउँपालिका ५ को प्राथमिक स्वास्थ्य केन्द्र डाँडाबजारमा कार्यरत स्वास्थ्यकर्मी राकेश राईको स्मृतिमा परिवारले अक्षयकोष स्थापना गरेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र डाँडाबजारमा आयोजित एक कार्यक्रमका विच स्वर्गीय राईका वुवा अकल वहादुर राई र आमा राजकुमारी राईले संयुक्त रुपमा २ लाख ५१ हजार रुपैयाको चेक र अक्षय कोषको आवश्यक कागजातहरु स्वास्थ्य केन्द्रका प्रमुख डा. जुवेर आलम अन्सारी, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, ५ नं. वडाका वडाध्यक्ष खड्गबहादुर लिम्बुलाई हस्तान्तरण गरेका थिए ।अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट स्वास्थ्य, शिक्षा लगायत अन्य महत्वपूर्ण कार्यमा खर्च गरिने बताइएको छ ।




