चण्डी पूर्णिमाको दिन सिंधुवामा रगरगे मेलाको आयोजना
धनकुटा,१४ बैशाख । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ६ सिंधुवा बजारमा स्थानिय क्षेत्रको ऐतिहासिक बिषयहरुको संरक्षण गरेर सांस्कृतिक पर्यटन प्रवद्धर्नका गर्न उदेश्यका साथ २४ बर्ष पछि चण्डी पूर्णिमाको दिन रगरगे मेलाको आयोजना हुने भएको छ ।
माओवादी द्वन्द्व को समयमा बन्द भएको मेला दुई दशक पछि स्थानियहरुले पुनः सञ्चालनमा ल्याउने भएका छन् । लिम्बू जातिहरुको धान नाचका लागि प्रसिद्ध उतm मेला २०५५-०५६ सालबाट बन्द भएको थियो ।
मेला आयोजक समिति छथर जोरपाटी गाउँपालिका वडा नं ६ ले पत्रकार सम्मेलन गरेर यही बैशाख २२ गते मेला लाग्ने र उतm मेलामा खुल्ला महिला-पुरुष दौड र लिम्बू जातिको धान नाच तथा पालाम गीत प्रतियोगिता गरेर मेलाको शुरुवात गर्ने आयोजक समितिका संयोजक एवम् छथरजोपाटी गाउँपालिका वडा न ६ का वडा अध्यक्ष दिपक गुरुङ्गले जानकारी दिनु भयो । मेलामा पुरुषहरुका लागि १० कि.मि.र महिलाहरुका लागि सात कि.मि.म्यारथन दौडको समेत आयोजना हुने भएको छ ।
दौड प्रतियोगितामा पुरुष तर्फ प्रथम,दोस्रो तेस्रो हुनेलाई क्रमशः २० हजार,१५ हजार र १० हजार नगद र महिला तर्फ क्रमशः १५ हजार,१० हजार र पाँच हजार नगद पुरस्कार दिईने जानकारी दिनुभयो । त्यस्तै धान नाच तर्फ प्रथम,दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद २० हजार,१५ हजार र १० हजार पुरस्कार दिईने छ । पत्रकार संमेलनमा बोल्दै छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले स्थानिय क्षेत्रको ऐतिहासिक बिषयहरुको संरक्षण गरेर सांस्कृतिक पर्यटन प्रवद्धर्नका गर्न मेलाको आयोजना हुन लागेको जानकारी दिनुभयो ।


