आगलागी पीडित परिवारलाई छथर जोरपाटी गाउँपालिकाको सहयोग
धनकुटा,२९ बैशाख । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ४ मा बुधबार दिउँसो भएको आगलागी परि घर नस्ट भएका परिवारलाई गाउँपालिकाले राहत उपल्बध भएको छ ।
सामुदायीक वन बाट आएको डढेलो बस्तीमा पस्दा पाथीभाराका स्थानिय नेत्र बहादुर विश्वकर्मा र कृष्ण विश्वकर्माको घर गोठ जलेर नस्ट भएको थियो । पिडित दुई परिवार लाई पालिका स्तरिय वातावरण तथा विपत् व्यावस्थापन समितीको निर्णण र गाउँपालिकामा रहेको विपद् कार्यविधी अनुसार १५ हजार रुपैया नगद, लत्ताकपडा, खाद्यन्न, भाडाँकुडा लगायत सामगी्र हस्तान्तरण गरिएको छथर जोरपाटी गाउँपालिका विपद् व्यावस्थापन शाखा प्रमुख नेत्र बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
पालिकाको तर्फ बाट गाउँपालिका उपाध्यक्ष गिता गुरुङ्ग खेवा, प्रमुख प्रशासकिय अधिकृत जितमान जिमी, जनप्रतिनिधी लगायतको उपस्थितीमा सहयोग रकम हस्तान्तरण गरिएको र पालिकाको तर्फ बाट तत्काल जस्तापाता उपलब्ध गराउँने र घर निर्माणमा सहयोगका लागि माथिल्लो निकायमा सिफारिस समेत गरिने गाउँपालिकाले जनाएको छ ।




