धनकुटाको हिलेमा राष्ट्रिय एबोकाडो सञ्जाल निर्माण तथा एबोकाडो प्रशिक्षक तालिम सम्पन्न

धनकुटा । लाङखाली कृषि परामर्श सेवा तथा तालिम केन्द्र धनकुटा १ हिलेले विभिन्न तीन जिल्लाका अगुवा कृषकहरुलाई हिलेमा राष्ट्रिय एबोकाडो सञ्जाल निर्माण तथा एबोकाडो प्रशिक्षक तालिम प्रदान गरेको छ ।

एबोकाडोलाई राष्ट्रिय फलको रुपमा व्यवसायिक विस्तार गरि विदेशमा समेत निर्यात गर्ने वातावरण सृजना गर्न र एबोकाडोको राष्ट्रिय सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ धनकुटा, तनहु र दोलखाका अगुवा किसान तथा सरकारी कर्मचारीलाई यो तालिम दिईएको तालिम आयोजक संस्थाका संयोजक एवं कृषि अभियान्ता जीवनप्रसाद राईले जानकारी दिनुभयो ।

संस्थाले यस्तै तालिम यस अघि दुई पटक प्रदान गरिसकेको उहाँले बताउनुभयो । यसरी कृषि र पर्यटनको विषयसँग जोडिएर विभिन्न जिल्लाका महानुभावहरुलाई तालिम सहित अन्य उपलब्धि मुलक कार्यका लागि जिल्लामा ल्याई संस्थाले आन्तरिक पर्यटन प्रवद्र्धन समेत गरिरहेको उहाँको भनाई छ ।

बैशाख २५ गतेबाट सञ्चालित तामिको आज समापन गरिएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको बिच तालिम समापन गरिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख तामाङले जिल्लामा एबोकाडो खेतीलाई निरन्तरता दिने, यहाँ फुलको शहरको रुपमा विकास गर्ने र संस्थाले सञ्चालन गरेको होमस्टे व्यवसायलाई नगरबाट आर्थिक रुपमा सहयोग गर्ने बताउनु भएको छ ।

तालिमको सहजीकरण कृषी विज्ञ सूर्य सापकोटा,कृषि अभियान्ता राई , धनकुटा नगरपालिकाका कृषि शाखा प्रमुख भक्तमान राई,विपीन दाहाल र ज्योतिराम पोख्रेलले गरेका थिए ।


तस्बीर : जीवन प्रसाद राईको फेसबुक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।