राष्ट्रपतिबाट कायस्थको परिवारमा समवेदना व्यक्त

बनेपा, १ जेठ (रासस) : राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो जनआन्दोलनमा घाइते भइ गत वैशाख २७ गते निधन हुनुभएका मुकेश कायस्थको परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । जनआन्दोलनमा घाइते भएर अचेत अवस्थामा रहनुभएका जिउँदो सहित कायस्थको वैशाख २७ गते बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

राष्ट्रपति पौडेलले शोक सन्देशमार्फत कायस्थको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो । राष्ट्रपति पौडेलका तर्फबाट प्रेस सल्लाहकार किरण पोखरेल, राष्ट्रपति पौडेलको परिवारकोतर्फबाट छोरी अवज्ञा पौडेल र प्रेस संयोजक खिला कार्कीले आज कायस्थको घरमा पुगेर दुःख व्यक्त गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले समवेदना सन्देश पठाउनुहुँदै मुकेश जस्ता योद्धाका कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र सम्भव भएको र उहाँको योगदानलाई भावी पुस्ताले सम्झिरहने उल्लेख गर्नुभएको छ । त्यस्तै बागमती प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तीर्थ लामाले मुकेशको योगदानलाई सरकारले उचित सम्बोधन गर्ने बताउनुभयो ।

बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले राष्ट्रपतिमार्फत सरकारको ध्यानाकर्षण गराउँदै मुकेशलाई सहिद घोषणा माग गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेललाई माग पत्र हस्तान्तरण गर्नुभयो ।
विसं २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उहाँ १४ वर्षको हुनुहुन्थ्यो । सोही दिनदेखि ओछ्यान पर्नुभएका उहाँको ३२ वर्षको उमेरमा निधन भएको हो । उहाँ १७ वर्ष एक महिना अचेत अवस्थामा रहनुभएको थियो । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।