धनकुटा बिश्रान्तिमा गुरुकुल शिक्षा
धनकुटा,२ जेठ । पछिल्लो समय आधुनिक शिक्षाको विकास तिव्र गतिमा भई रहको अवस्थामा धनकुटाको मुलघाटमा रहेको बिश्रान्ती बृद्धाश्रमले सुविधा सम्पन्न व्यावस्थापनमा गुरुकुल शिक्षा संचालनमा ल्याएको छ ।
अघिल्लो शैक्षिक सत्रबाट संस्कृतधारको मान्यता पाएको गुरुकुलमा अहिले कक्षा ६ र ७ का कक्षा संचालन भैरहेका छन् । गुरुकुलमा नेपाल सरकार अन्र्तगतको पाठ्यक्रम बिकास केन्द्रले तय गरेका संस्कृत, अंग्रेजी, गणित, समाजिक लगायत बिषयको पठनपाठन संचालन हुने गरेको छ । यहाँ बटुकहरुका लागि निशुल्करुपमा आवास, भोजन र पाठ्यपुस्तक उपलब्ध गराइएको छ । अहिले यहाँ कक्षा ६ र ७ मा २० जना बटुक अध्ययनरत रहेको बिश्रान्ती बृद्धाश्रम व्यावस्थापन समितीका जनाएको छ ।
हरेक नयाँ शैक्षिक सत्रबाट कक्षा स्तर बढाउँदै लगिने गुरुकुल ब्यबस्थापन समितिले जनाएको छ । पछिल्लो समय हराउँदै गएको संस्कृत शिक्षाको विकासमा समेत यसले सघाउने अपेक्षा रहको समितीको भनाई छ ।


