सडक निर्माणको काममा तिब्रता
धनकुटा,५ जेठ । धनकुटा नगरपालिको बिहिबारे हटिया हुदै छथरजोरपाटी गाउँपालिकाको सिंवुवा, लामिछाने डाँडा, तेलिया, परेवादिन तेह्रथुमको छथर गाउँपालिका शुक्रबारे हुदै तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङ जोड्ने लक्ष्य लिएको सडकको पहिलो प्याकेज अन्र्तगत २३ किलो मिटर भित्र प्राइमकोट बिछ्याउने काम तिव्ररुपमा अगाडी बढेको छ ।
२०७७ साल मै ठेक्का सम्झौता भए पनि स्रोत व्यावस्थापन र कोरोना भाइरसको महामारीका कारण १ बर्ष काम हुन नसकेको यस सडकमा २ बर्ष यता भने निरन्तर रुपमा काम भई रहेको आयोजनाका इन्जिनियर अपेन्द्र अधिकारीले जानकारी दिए । बर्षा बाधक नबनेमा असार सम्ममा काम सक्ने लक्ष्य योजनाले राखेको छ यदि बर्षाका कारण त्यो समयमा कालोपत्रेको काम सम्भव नभएमा दशै अघि सम्ममा भने सम्पूर्ण सडकको काम सक्ने गरि काम गरिने अधिकारीका भनाई छ ।
बर्षाको समयमा पनि नाला र पर्खाल निर्माण लगायतका अन्य विविध काम भने निरन्तर भइरहने आयोजनाले जनाएको छ । यो आयोजना लाई सफल बनाउँन स्थानियले जग्गा उपलब्ध गराउँने देखि लिएर आयोजना प्रभावित क्षेत्रमा पर्ने स्थानियले आफै घर भत्काएर सडक निर्माणका लागि सजिलो बनाएका थिए ।


