पाख्रिबासमा पनि बन्दको खबरले यातायात प्रभावित
धनकुटा । नागरिक उन्मुक्ति पार्टीले आजबाट ५ दिन नेपाल बन्दको घोषणा गरेपछि पहाडी जिल्ला धनकुटाको पाख्रिबास भएर गुड्ने सवारी सवारी साधानमा पनि आंशिक प्रभाव परेको छ ।
नाउपाले गरेको उक्त नेपाल बन्द फिर्ता लिइसकेपनि विशेष गरेर ठुला सवारी साधनहरु पूर्व नियमित समय अनुसार चलेका छैनन् ।
पाख्रिबास ट्राफिक प्रहरीका अनुसार अन्य दिनको तुलनामा कम मात्रामा यात्रुबाहक बसहरु चलिरहेको र बन्दको खबरले सायद कम सवारी साधन चलेको हुन सक्ने वहांले बताउनु भयो ।


