धनकुटा उद्योग बाणिज्य संघको लेखा जोखा तथा समिक्षा कार्यक्रम सम्पन्न
धनकुटा । नेपाल उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्र काठमाण्डौको सहयोगमा धनकुटा उद्योग बाणिज्य संघको लेखा जोखा तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अधयक्ष विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्र काठमाण्डौका अरुण श्रेष्ठले सहजीकरण गर्दै यो कार्यक्रमबाट प्राप्त सिकाईलाई व्यवहारमा लागु गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुले संघले एक बर्ष भित्र गरेको कार्यक्रम सहित कार्यालयको सेवाप्रवाह र कामको सम्वन्धमा छलफल गरी समिक्षा गर्दै आगामी दिन अझ प्रकारी रुपमा सञ्चालन गर्ने वताए ।
धनकुटा उद्योग बाणिज्य संघको समित साधन स्रोत भए पनि सेवा प्रवाहका साथ काम गरिरहेकोले आगामी दिन समेत अझ प्रभावकारी कार्यक्रमहरु संचालन गर्न साधन स्रोतको खोजी गर्ने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राईले वताउनु भयो ।
उद्योग बाणिज्य संघले हेल्प डेस्क स्थापना गरी उद्योगी व्यापारी तथा व्यावसायीहरुलाई सेवा प्रवाह गरिरहेको र धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुका लागि घर दैलोमा नै सेवा दिन धनकुटाका मुख्य बजारहरुमा घुम्ती सेवा संचालन र कर शिक्षा तथा नाप तौल शिविर संचालन गर्दै आईरहेको छ ।
कार्यक्रममा धनकुटा उद्योग वााणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तुतिङ्ग,महिला उपाध्यक्ष निर्मला राई श्रेष्ठ,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेवती प्रसाद अधिकारी,उज्वल कर्माचार्य,महेन्द्र श्रेष्ठ,अम्विका धमला,शोभा श्रेष्ठ,लिला श्रेष्ठ,सुनिता थापा,दिजेश शाक्य,नगेन्द्र काफ्ले कार्यालय सचिव मातृका राई,कर्मचारीहरु नवराज श्रेष्ठ,रिया भूजेल लगायतको सहभागीता थियो ।


