छथर जोरपाटीमा किसानलाई सामाग्री वितरण

धनकुटा,१० जेठ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको कृषि शाखाले आयोजना गरेको सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

अध्यक्ष संग कृषि कार्यक्रम मार्फत किसानको मागका आधारमा किसान लाई वितरण गरिने सामग्री आज एक कार्यक्रमका बिच छथर जोपाटी गाउँपालिका वडा नम्बर २ मा रहेको सिंद्धदेवी कृषक समुहमा आवद्ध २७ किसान परिवार लाई पालिकाको ७५ प्रतिशत र समुहको २५ प्रतिशत लागत साझदारीमा करिब १ लाख ३५ हजार मूल्य बराबरको मुला, फुलकोपी र बन्दा कोपीको विउ वितरण गरिएको हो ।

विउँ वितरण कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले गाउँपालिका किसानहरु लाई सदैब सहयोग चाहेको र किसानहरुले समेत सहयोग पछि उत्पादन बढाउँने गरि काम गर्नु हुन्छ भन्ने अपेक्षा गरिएको र आगामी दिनमा समेत गाउँपालिकाले किसानका समस्याहरु लाई समाधान गर्दे सहयोग समेत गर्ने प्रतिवद्धता व्यातm गर्नु भयो । सिंद्धदेवी कृषक समुह सचिव शेर बहादुर भूजेल गाउँपालिकाले गरेको सहयोगले किसान लाई निकै राहत र खुसी दिएको धारण राख्नु भयो ।

कार्यक्रमको संचालन कृषि प्राविधीक सहायक पाँचौ अदिप श्रेष्ठले गर्नु भएको थियो भने छथर जोरपाटी गाउँपालिका वडा नम्बर २ कि वडा सदस्य रुपा लिम्बुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका समुहमा आवद्ध किसानहरुको समेत उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।