नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल धनकुटाका विरामीहरुलाई फलफुल वितरण
धनकुटा । नेपाल प्रेस युनियन धनकुटा शाखाले आज जिल्ला अस्पताल धनकुटाका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल धनकुटाका विरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरिएको अध्यक्ष हिमा चेम्जाेङले बताउनुभयाो ।
फलफुल वितरणपछि सञ्चालित शूभकामना आदान प्रदान कार्यक्रममा युनियनका प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला,संविधानसभा सदस्य लिला सुब्बा, नेपाल पत्रकार महासंघ काेशी प्रदेश पूर्व अध्यक्ष विक्रम लुँईटेल लगायतले शूभकामना मन्तव्य राखेका थिए । कार्यक्रमकाे सञ्चालन सचिव विकास घिमिरेले गर्नु भएको थियो ।




