नढलेका धनकुटाका जोर धरहरा(भिडियो सहित)

धनकुटा । धरहरा भन्ने बित्तिकै जो कोहीको नजरमा काठमाण्डौको सुन्धारमामा रहेको धरहरा पर्ने गर्छ तर धेरै कमलाई मात्र थाहा छ धनकुटामा पनि धरहराहरुछन् भन्ने कुरो ।

२०७२ सालको भुकम्पले सुन्धाराको धरहरा भत्किए पछि सो धरहराको पुननिर्माण मात्र भएन । प्रतिकारात्मक रुपमा धेरै स्थानमा साना धरहरा निर्माण गरियो तर धनकुटामा निर्माण भएका धरहरा भने काठमाण्डौको समकालिन धरहरा रहेको वताइन्छ ।

धनकुटा नगरपालिका वडा नम्बर ५ मा एक टुडिखेल छ । टुडिखेलको पुर्बोउत्तर दिशामा गोल पोष्ट छ । गोल पोष्ट संगै जोर स्तम्भ रहेका छन् । स्तम्भ धनकुटामा जोर धरहराका नामले परिचित छन् ।

करिब दश फुट मात्र उचाइका ति स्तम्भ झट्ट हेर्दा धरहराकै स्वरुपमा देखिन्छन् । स्थानिय बुढापाका, युवा, कर्मचारी बिद्यार्थी, स्थानिय सबै यसलाइ जोर धरहरा भनेर चिन्छन् । पहिले धरहरावाट आर्मिहरुको कबज हेर्ने तथा समस्या पर्दा बिगुल फुक्ने गरिन्थ्यो तर धनकुटाका धरहरा चढेर हेर्ने गरिको नभए पनि प्रतिकारात्मक रुपमा कबज हेर्न तथा बिगुल फुक्न सोहि स्थानलाइ प्रयोग गर्न धरहरा निर्माण गरिएको हुन सक्ने स्थानियको भनाइ छ । यी धरहरा मात्र नभइ धनकुटाको धरोहरको रुपमा रहेको स्थानियको बुझाइ छ ।

यी धरहरा कहिले र कसले बनाए भन्ने कुनै लिखित प्रमाण कहि कतै भेटिदैन । धरहराको बारेमा लेखक तथा खोजकर्ता गोपाल भण्डारी भिमसेन थापाकै पेरीफेरीमा निर्माण भएको हुन सक्ने बताउनु हुन्छ । आषा खत्री पछि पुर्बि हेडक्वाटर सम्हाल्न आउनु भएका आउनु भएका बहादुर सिहं भण्डारीले चैनपुर वाट गौडा धनकुटा सारे पछि बिभिन्न संरचना निर्माण गर्ने क्रममा बि.स. १८००को अन्त्य १९०० को सुरुवात तिर धरहरा समेत बनाएको तर्क छ । बहादुर सिहं भण्डारी भिमसेन थापाका भाइ नयन सिहं थापाका नाति भएकोले पनि उहाले काठमाण्डौको सिको गर्ने क्रममा धरहरा बनाएको बताउनु हुन्छ ।

लेखक तथा खोज कर्ता ठाकुर बराल धरहरा तत्कालिन बडाहाकीम बम बिक्रम राणाको कार्यकालमा बनेको बताउनु हुन्छ । १९३८ साल पर्ब भएपछि काठमाण्डौवाट निश्कासीत भएर भारतको चितौरगढ गइ बसेका बम बिक्रम राणालाइ बि.स. १९४२ मा बिर समशेरले नेपाल झिकाइ धनकुटा गौडाका बडाहाकिम बनाएपछि उनले धनकुटामा बिभिन्न संरचना निर्माण गर्ने क्रममा धरहरा भनाएको बरालको भनाइ छ ।

काठमाण्डौमा सुरुमा सुन्धारा र बागदरबारमा दुइबटा धरहरा थिए । त्यसैको सिको गर्दै धनकुटामा जार धरहरा निर्माण भएको हुन सक्ने अनुमान छ । बि.स. १८९० सालको भुकम्पले काठमाण्डौका दुबै धरहरा भत्किए । पछि सुन्धाराको मात्र धरहरा निर्माण गरियो त्यो धरहरा पनि बि.स १९९० सालको भुकम्पले भत्कायो । पुन निर्माण गरियो फेरी बि.स २०७२ सालको भुकम्पले भत्कायो । नयाँ धरहरा निर्माण गरियो । तर सोहि पेरीफेरीमा निर्मााण भएका धनकुटामा धरहरा भने आज सम्म भत्किएका छैनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖