धनकुटा १ हिलेमा अचार, गुन्द्रुक, मस्यौरा, र किनिमा बनाउने तथा यसको प्याकेजिङ र ब्राण्डिङ सम्बन्धि ७ दिने तालिम सुरु

धनकुटाखबर संवाददाता । धनकुटा नगरपालिका वडा नम्बर १ हिलेमा घरेलु कार्यालय धनकुटाको आयोजनामा ७ दिने अचार, गुन्द्रुक, मस्यौरा, र किनिमा बनाउने तथा यसको प्याकेजिङ र ब्राण्डिङ गर्ने तालिमको सुभारम्भ भएको छ । तालिमको संयुक्त रुपमा घरेलु कार्यालय धनकुटाका प्रमुख ईश्वर थापा र कृषि पर्यटन अभियन्ता जीवनप्रसाद राईले उद्घाटन गर्नुभयो ।

प्रमुख अतिथिको आसनबाट कृषि अभियन्ता राईले घरेलु कार्यालय धनकुटाले हिलेका महिलाहरुलाई परम्परागत रुपमा नेपालीहरुको खाने परिकारलाई आधुनिकता दिदै यसको ब्राण्डिङ, प्याकेजिङ गरि राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा पुर्याउने उद्धेश्यका साथ तालिम संचालन गर्न लागेकोमा हार्दिक धन्यवाद ब्यक्त गर्नुभयो । यसका साथै हिलेका महिला दिदीबहिनीहरुले तालिम पश्चात उत्पादन हुने बस्तुहरुको बिक्री वितरणमा समेत सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएको घरेलु कार्यालय धनकुटाका प्रमुख थापाले यस खालको तालिम घरेलु कार्यालय र स्थानीय सरकारहरु संगको सहकार्य तथा आफ्नै आयोजनामा समेत गर्ने गरिएको बताउनु भयो । यस तालिमले हिलेमा परम्परागत रुपको नेपाली खानेकुराहरुको ब्राण्डिङ भई राम्रो संग बजारीकरण हुनेमा आफु बिश्वस्त रहेको बिचार ब्यक्त गर्नुभयो ।

कार्यक्रम उद्घाटनका क्रममा सल्भ नेपालका सचिव ज्योति प्रधानले समेत आफ्नो मन्तब्य राख्नु भएको थियो । घरेलु कार्यालयका कर्मचारीहरु अर्जुन गिरी, बिकास कार्की र अर्जुन कार्कीको समेत उपस्थिति थियो ।

तालिममा हिलेका १५ जना उधमी महिलाहरुको सहभागिता रहेको छ । यसको प्रमुख प्रशिक्षकको रुपमा रेणु श्रेष्ठ र सहायक प्रशिक्षकको रुपमा अन्जु प्रधान बुढाथोकी रहेका छन ।

कार्यक्रमको संचालन बिकास कार्कीले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।