धनकुटामा जेठ २६ देखि नाप तौल दर्ता तथा नविकरण शिविर सञ्चालन हुने
धनकुटा । धनकुटामा जेष्ठ २६ गते देखि नाप तौल दर्ता तथा नविकरण शिविर संचालन हुने भएको छ ।
धनकुटा उद्योग बाणिज्य संघको मंगलवार बसेको बैठकले जिल्लाका उद्योगी व्यापारीहरुको सुविधाका लागि गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको प्राविधिक सहयोग र सहकार्यमा नाप तौल दर्ता तथा नविकरण शिविर संचालन निर्णय गरेको हो । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा सञ्चालित बैठकले धनकुटा बजारमा जेष्ठ २६ र २७,हिले बजारमा जेष्ठ २८ गते,सिधुवा र पाख्रीवास बजारमा जेष्ठ २९ गते शिविर सचालन गर्ने निर्णय गरेको सचिव रामवहादुर रायमाझीले वताउनु भयो ।
बैठकमा धनकुटा उद्योग बाणिज्य संघका वरिष्ट उपाध्यक्ष मन कुमार तितुङ्ग,उपाध्यक्षहरु खगेन्द्र विष्ट,निर्मला श्रेष्ठ राई,सचिव राम वहादुर रायमाझी,कार्यकारी सदस्यहरु रेजिना पलिखे,रिदम श्रेष्ठ,सुनिता थापा,नगेन्द्र काफले,कार्यालय सचिव मातृका राई लगायतले धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुको सुविधाका लागि घुम्ति सेवा सचालन गरिरहेको वताउदै आ आफ्नो धारणा राखेका थिए ।
शिविर सञ्चालनका लागि सम्वन्धित बजार क्षेत्रबाट धनकुटा उद्योग बाणिज्य संघमा प्रतीनिधित्व गर्नु हुने कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी दिइएको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।


