एमाले धनकुटा स्कुल विभागको आयोजनामा सञ्चालित ३ दिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न

धनकुटा । नेकपा एमाले धनकुटा स्कुल विभागको आयोजनामा सञ्चालित ३ दिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा महाधिवेशनबाट पारित कार्यक्रम, नीति र कार्यदिशा जबज र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा, मार्क्सवादी दर्शन र सामाजिक रूपान्तरण, लेनिनवादको परिचय ,समाज विकासक्रम, नेपाली समाजको वर्ग चरित्र र नेपाली समाजको इतिहास , नेपाली कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहास , संगठन निर्माण, सूचना, सञ्चार र प्रविधि संचालन र व्यावस्थापन साथै संघीय संरचना र पार्टीको काम , कार्यालय र कार्यक्रम व्यवस्थापन , जनवादी संस्कृति, कार्यशैली र अनुशासन र धनकुटा जिल्लाको कम्युनिस्ट आन्दोलनको इतिहास लगायत विषयमा प्रशिक्षण दिईएको नेकपा एमाले धनकुटाका स्कुलिङ्ग बिभाग प्रमुख मनोज राईले जानकारी दिनुभयो ।

पार्टीका केन्द्रिय कमिटी उपमहासचिव एवं केन्द्रिय पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली, पोलिट्ब्युरो सदस्य एवं केन्द्रिय पार्टी स्कुल विभाग उपप्रमुख इश्वरी रिजाल, केन्द्रिय पार्टी स्कुल विभाग सदस्य वाइपी आचार्य,कोशी प्रदेश स्कुल विभाग संयोजक गुरु प्रसाद बराल पार्टीका केन्द्रीय सल्लाहकार परिषद सदस्य गोपाल गुरागाई , कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपानेले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम पाख्रीवास नगरपालिका धनकुटाको कृषि अनुसन्धानको तालिम केन्द्रमा २६ गते देखि २८ गते सम्म सञ्चालन भएको थियो । सहभागीलाई प्रशिक्षण शूरु गर्नु अघि र प्रशिक्षण सकिएपछि विभिन्न प्रश्नावली वितरण गरी जाँच लिइएको थियो भने सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

जिल्ला स्कुल विभागले क्रमैसँग पार्टीका सबै पालिका देखि वडा,टोल कमिटी , जनसंगठनलाई प्रशिक्षण दिइने विभागले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖