छथर जोरपाटी गाउँपालिका वडा नम्बर ५ लाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना” वडा घोषणा
धनकुटा,३१ जेठ । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ५ लाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना” वडा घोषणा गरिएको छ ।
स्वाथ्यकर्मि, महिला स्वाथ्य स्वयमसेविकाको सहयोगमा घरघुरी सर्वेक्षण गरी जन्मेको १५ महिना भित्र १३ प्रकारका राष्ट्रिय नियमित खोप पुरा गरेका वालवालिका र त्यस समयमा छुटेका वालवालिकाको समेत पहिचान गरि १६ महिना देखि ५९ महिना सम्ममा खोप लगाइ सकेको अवस्था भएको खण्डमा १ बर्षका लागि “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना” घोषणा गरिने कार्यक्रम अन्र्तगत छथर जोरपाटी गाउँपालिका वडा नम्बर ५ लाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना” वडा घोषण गरिएको छथर जोरपाटी गाउँपालिका स्वाथ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनु भयो ।
पालिकाका अन्य वडा यस अघि नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा भई सकेको छन् । घोषणा कार्यक्रममा बोल्दै छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले सबै वालवालिकाले समयमै सबै खोप लगाउन पाउनु पर्छ भन्ने मान्यता राख्नुको साथै त्यस प्रति सचेत रहेको र स्वास्थ समाज निर्माणमा गाउँपालिका लागेको र त्यसका लागि विभिन्न लोकप्रिय कार्यक्रम समेत गाउँपालिकाले गरिरहेको बताउँनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जितमान जिमी, लेखा अधिकृत चुडा बोहोरा, जनप्रतिनिधी, स्वाथ्यकर्मि, महिला स्वाथ्य स्वयमसेविका लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।


