धनकुटाको मुलघाटमा तमोर नदीले पार गर्यो खतराको तह,तल्लो तटीय क्षेत्रमा बासिन्दाहरूलाई सतर्क रहन आग्रह
घनकुटा । हिजो राती आएको बर्षाको कारण तमोर नदीले धनकुटाको मूल घाटमा खतराको तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले नदीले खतराको तह पार गरेको बताएको हो।
नदीले खतराको तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा बासिन्दाहरूलाई सतर्क रहन भनिएको छ।


