भारतीय गाडी दुर्घटना हुँदा घाइते धनकुटाकी प्रिस्किलाको उपचारको क्रममा निधन, मृतकलाई न्याय दिन परिवारको माग

धनकुटा । धनकुटाको स्याउले मोडकी १९ बर्षीया प्रिस्किला तामाङ सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्नातक पढ्दै थिइन्, र ग्यालेक्सी स्कुलमा पढाउथिन् पनि ।

उनी आफ्नो प्रमाणपत्रहरु लिन घर गएकी थिइन्, र १२ दिनअघि शुक्रबार इटहरी फर्कदैथिइन् । कलेज र स्कुल पनि भ्याउने गरि उनी हतारमा बिहानै साढे ५ बजेतिर गाडी चढिन् ।  हतार भएकोले आमाले नै उनलाई एउटा सुमो गाडीमा चढाएर पठाइदिए । भारतीय नम्बर प्लेटको सुमोले पिस्कीलालाई इटहरीसम्म लिफ्ट दिएको थियो ।

तर, केही समयपछि नै उक्त गाडी दुर्घटनामा परेको भन्ने खबर घरमा पुग्यो । धरान धनकुटा कोशी राजमार्गको रुद्रबारी भन्ने ठाउँमा दुर्घटना भएको थियो । पिस्कीला गम्भीर घाइते भएकी थिइन् । उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि ल्याइएको थियो । आइसियुमा उपचारको क्रममा उनको सोमबार निधन भयो ।

यो दुर्घटना पछि २ जना भारतीय भनिएका व्यक्तिहरु फरार छन् भने २ जना मोरङ जिल्लाका पक्राउ परेका छन् । दिउँसो घाम चर्किएपछि मात्र दुर्घन्ध फैलिएपछि सुमो गाडीमा गाँजा भएको प्रहरीले फेला पारेको थियो । त्यसपछि मात्र भारतीय नम्बर प्लेडको सुमो चोरीको भएको र गाँजा तस्करी भइरहेको प्रहरीले पत्ता लगाएका थिए । भाग्दै गरेको अवस्थामा पक्राउ परेका २ जना नेपालीले आफुहरु पनि पिस्कीला जस्तै लिफ्ट मागेको यात्रु भएको दाबी गरेका छन्, तर उनीहरु भागिरहेको अवस्थामा पक्राउ परेकोले शंकाको घेरामा छन् ।

पिस्कीलाको ज्यान जाने गरि भएको दुर्घनामा प्रहरी नियन्त्रणमा रहेका २ जनालाई सामान्य मात्र चोट लाग्नु र अरु २ जना फरार हुनु शंकास्पद भएको पनि मृतक परिवारको भनाई छ । मृतक परिवारजनले भने पिस्कीलाले न्याय पाउनुपर्ने माग गरेका छन् । मृतककी ठुली आमा जमुना भुजेलले घटनाको छानबिन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने बताइन् । ‘हाम्रो छोरीले अकालमै ज्यान गुमाइन्, न्याय होस्,’उनले भनिन्,‘नेपालको गाडीहरु प्रहरीले ठाउँ ठाउँमा चेक गर्ने तर चोरी गरेर ल्याएको भारतीय गाडी चै किन चेकजाँच नगरेको ? पहिला नै राम्रोसँग चेक गरेको भए त्यो गाडी धनकुटासम्म जानै पाउदैनथ्यो ।’

मृतकका भेना विनय मगरका अनुसार दुर्घटना भएको सुमोमा राखिएको नम्बर प्लेट भारतीय ट्रकको भएको खुलेको छ । उक्त ट्रकको मालिक बिहारको कटियार भन्ने ठाउँका सञ्जय यादव भएको पनि उनले बताए । ‘सुमो गाडीमा भारतको ट्रकको नम्बर प्लेट हालेर नेपालमा चलिरहेको रहेछ । ब्लु बुक, अन्य कागजपत्र चेकजाँच गर्नुपर्दैन ?’उनले पनि भने । -स्रोत :क्लिक धरान

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖