बाढीमा बेपत्ताहरुको मुलघाटमा बेस क्याप बनाएर खोजी कार्य जारी

धनकुटा,८ असार । बाढीका कारण सुपरहेवा हाईड्रोपावरबाट बेपत्ता भएकाको खोजीकार्यका लागि नेपाली सेनाको भिमदल गण धनकुटाले वेपत्ता भएका व्याक्ती तथा सामाग्रीहरुको खोजि गर्न धनकुटाको मुलघाटमा बेसक्याम्प नै बनाएर खोजी गरिरहेको जनाएको छ ।

संखुवासभाको चैनपुर नगरपालिका वडा नं ४ दोभानेमा निर्माणधिन सुपरहेवा हाईड्रोपावरमा असार २ गतेको गएको बाढी पहिरोमा परेका कामदारको खोजि कार्य गनै धनकुटामा समेत सेनाले काम गरेको हो ।

उक्त खोज तथा उद्धार कार्यमा नेपाली सेनाको भीमदल गण सहित जिल्ला प्रहरी कार्यालय धनकुटा,सशत्र प्रहरी ६ नं गुल्म हेडक्वाटर धनकुटाको टोली समावेस भएको समेत प्रमुख सेनानी सुमन थापाले जानकारी दिनुभयो ।

मनसुन सुरुभएसगै विभिन्न क्षेत्रमा बाढी पहिरो तथा डुवान जस्ता मनसुनजन्य विपद्हरुलाई मध्यनजर गर्दै जोखिम न्युनीकरण तथा प्रतिकार्यलाई प्रभावकारी वनाउन सेनाले विभिन्न संघ सस्थासग समन्वय गरि मनसुन पूर्व अभ्यास समेत गरेको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।