मानव अधिकारका लागि महिला एकल महिला समूहले धनकुटामा सम्मान तथा छात्रबृति वितरण गर्दै १३ औं अन्तराष्ट्रिय एकल महिला दिवस मनायो
धनकुटा । मानव अधिकारका लागि महिला एकल महिला समूह (WHR) ले आज धनकुटामा सम्मान तथा छात्रावृति वितरण गर्दै १३ औं अन्तराष्ट्रिय एकल महिला दिवस मनाएको छ ।
मानव अधिकारका लागि महिला एकल महिला कोशी प्रदेशको आयोजनामा सञ्चालित कार्यक्रममा एकल महिलाका सन्तान धनकुटा नगरपालिका वडा नं ४ की आकृती राई, वडा नं ७ की सनिला तामाङ, वडा नं २ की जमूना घिमिरे, वडा नं ५ की सलिना श्रेष्ठ, वडा नं ५ कै सूलोचना श्रेष्ठ, महालक्ष्मी नगरपालिका वडा नं ७ का पूर्णिका लुम्वा,चौविसे गाउँपालिका वडा नं २ का यूना राई र पाख्रीवास नगरपालिका सान्नेका सुस्केला अधिकारी लगायतलाई छात्रावृती वितरण गरेको हो ।
उनिहरुलाई संस्थाको केन्द्रिय कार्यलय हातिगौडा बुढानिलकण्ठ मार्फत जिल्लाको लागि प्राप्त सहयोग रकमबाट छात्रावृती प्रदान गरिएको (WHR) प्रदेश अध्यक्ष मिना राईले जानकारी गराउनु भयो ।
त्यस्तैगरि संस्थाले मानव अधिकारका लागि महिला एकल महिला समूह धनकुटाका सचिव तुलसा दाहाल,कोषाध्यक्ष निलम आठपहरिया राई र सञ्चारकर्मी शर्मिला राईलाई सम्मान गरेको छ ।
सोही अवसरमा धनकुटा नगरपालिकाका उपमेयर भिमादेवी खनालले १५ जना एकल महिला दिदीवहिनीहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
समूहका प्रदेश अध्यक्ष राईको अध्यक्षता तथा संविधानसभा सदस्य अञ्जना ताम्लीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमलाई सम्बोधन गर्दै महिला अगुवा तथा सञ्चारकर्मीहरुले एकल महिलाको अधिकार प्राप्तिका लागि आफुलाई कम्जोर नठानी अब्बल भएर संस्थागत रुपमा एकतावद्ध हुन आवश्यक रहेकोमा जोड दिएका छन् ।
उनिहरुले एकल महिलाहरुलाई राज्यको हरेक क्षेत्रमा समेट्न र आर्थिक उपार्जनका आधारहरु र्सिजना गर्न आवश्यक रहेको बताएकाछन् । साथै स्थानिय तहहरुले एकल महिलाका लागि आवश्यक नीति निर्माण गर्न पर्ने समेत बताएका छन् ।
कार्यक्रमलाई संविधानसभा सदस्य ताम्लि सहित धनकुटा नगरपालिकाका उपमेयर भिमादेवी खनाल,नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ,छथरजोरपाटी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष भिमकला श्रेष्ठ, ब्रम्हाकुमारी राजयोग उपशाखाका निर्मला शर्मा, हुसाडेक नेपालका महासचिव मुकुन्द अधिकारी लगायतले शूभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाको कार्यपत्र अध्यक्ष राईले प्रस्तुत गर्नुभएको थियो । स्वागत मन्तव्य समूहका जिल्ला अध्यक्ष ईश्वरी श्रेष्ठले राख्नुभएको थियो भने सञ्चालन पुष्पा लिम्बुले गर्नुभएको थियो ।


