कोशी करिडोरमा साँढे छ किमी ट्र्याक बाँकी

काठमाडौँ, १७ असार (रासस): कोशी प्रदेशको समृद्धिको आधार बन्न सक्ने कोशी करिडोरमा अझै झण्डै छ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी छ । नेपाली सेनालाई खाँदबारी–किमाथाङ्का खण्डमा साँढे १० किमी ट्र्याक खोल्न दिइएकामा अहिले सो काम भइरहेको उत्तर–दक्षिण करिडोर आयोजना निर्देशनालयले जनाएको छ । सरकारले दुई वर्ष पहिले सो खण्डको ट्र्याक खोल्न सेनालाई जिम्मेवारी दिएको थियो । आयोजना कार्यालय आफैँले ट्र्याक खोल्ने ठाउँमा काम भइसकेको आयोजनाका प्रमुख श्यामबहादुर खड्काकाले जानकारी दिनुभयो ।

अप्ठेरो खण्डमा काम बाँकी भएकाले त्यो मात्रै सेनालाई दिइएको थियो । उहाँले भन्नुभयो, “सेनाले ट््याक खोलेपछि हामी स्तरोन्नति गर्छाैँ ।”यसअघि आयोजना आफैँले ट्र्याक खोलिसकेको भागमा अहिले स्तरोन्नति भइरहेको छ । खाँदबारीको लबिङ हिलदेखि अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटसम्म अहिले स्तरोन्नति भइरहेको र यो खण्डमा ४९ किमीसम्म कालोपत्रको ठेक्का सञ्चालनमा रहेको र त्यसपछिको ३० किमीमा ग्राभेल भइसकेको छ ।
आयोजना प्रमुख खडकाले भन्नुभयो, “कालोपत्रका लागि स्रोत सुनिश्चित हुन बाँकी छ ।” करिडोरको एक सय ६२ किमी लम्बाइमध्ये अहिले ८० किमीमा स्तरोन्नति भइसकेको छ भने ८२ किमीमा स्तरोन्नति गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । ट्र्याक खुलिसकेर स्तरोन्नति हुन बाँकी खण्डमा स्रोत सुनिश्चितताका लागि योजना आयोग र अर्थ मन्त्रालयमा फाइल पेस गरिएकामा टुङ्गो लागेपछि काम काम अघि बढ्ने उहाँको भनाइ थियो ।

ट्र्याक खोल्न थोरै मात्रै बाँकी भएकाले पनि सरकारले पर्याप्त बजेट विनियोजन गरेमा यसलणई सम्पन्न गर्न लामो समय नलाग्ने देखिएको छ । निश्चित समयमा सक्न त्यहीअनुसार स्रोत सुनिश्चित हुनुपर्ने र बजेट विनियोजन हुनुपर्ने आयोजना प्रमुख खड्काले बताउनुभयो । निर्माण कम्पनीले त्यहीअनुसार काम गर्न आवश्यक छ । उहाँले भन्नुभयो, “बाँकी खण्डमा ठेक्का लगाउन जति ढिला भयो योजनाको अवधि पनि उति नै लामो हुन्छ ।”

नयाँ लक्ष्य निर्धारणका लागि पहिले सोत सुनिश्चित भएपछि कति समय लाग्छ भन्ने हिसाब गर्न सकिन्छ । आगामी आवमा सरकारले उत्तर दक्षिण करिडोर सडकका लागि रु तीन अर्ब ४० करोड विनियोजन गरेको छ । यो रकम गत वर्षभन्दा खासै कम देखिदैन ।

आयोजना प्रमुख खड्काले भन्नुभयो, “पहिरो कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने अध्ययन गरेर कार्यान्वयन गर्न जरुरी रहेको छ ।” कतिपय स्थानमा नेपालतर्फबाट ट्र्याक नै नखुलेकाले चीनतर्फबाट सामान ल्याएर गर्नुपर्ने छ । केही समय पहिलेसम्म सीमा रोकिएकाले आवश्यक सामग्री आयातमा समस्या रहेपनि अहिले समस्या समाधान हुन थालेको छ ।

उत्तर–दक्षिण करिडोरमा भौगोलिक कठीनाइका कारण पनि समस्या आइरहेको छ । उत्तरी क्षेत्रमा हिउँ पर्ने र चिसोका कारण काम गर्न मिल्ने अवधि कम रहेको छ । राष्ट्रिय गौरबका तीन करिडोर सडकमध्ये सबैभन्दा बढी ट्र्याक खोल्न कोशी करिडोरमा नै बाँकी देखिएको छ । सरकारले भारतीय सीमादेखि उत्तरी सीमासम्म फैलने गरी केही वर्ष पहिले कोशी, कर्णाली र कालीगण्डकी करिडोर सडक निर्माण सुरु गरेको थियो । निर्माणाधीन तीन करिडोर सडकमध्ये कालीगण्डकी करिडोरमा प्रगति तुलनात्मकरुपमा बढी रहेको छ । कालीगण्डकी करिडोरमा वैदेशिक सहयोग भए पनि कोशी र कर्णाली सरकारको लगानीमा निर्माण भइरहेका छन् ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।