एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार खपाङ्गीमगरलाई

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले हरेक वर्ष प्रदान गर्ने नेपाल पत्रकार महासंघ (एफएनजे) यूके वर्ष पत्रकारिता पुरस्कार पत्रकार नरेश खपाङ्गीमगरलाई प्रदान गरिने भएको छ । शाखाको शनिबार साँझ बसेको भर्चुअल बैठकले खपाङ्गीमगरलाई सन् २०२३ का लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यसअघि शाखाले डा. बच्चुकैलाश कैनीको संयोजकत्वमा शाखाका संस्थापक अध्यक्ष नविन पोखरेल र लक्ष्मी राई (लारा) रहेको पुरस्कार सिफारिस समिति गठन गरेको थियो । शाखाले यसअघि १ जुन २०२२ देखि मे ३१ भित्र प्रकाशित प्रसारित समाचार सामग्रीसहित पुरस्कारका लागि आवेदन गर्न वा कसैलाई सिफारिस गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।

सोअनुसार प्राप्त सामग्रीका आधारमा समितिले पुरस्कृत व्यक्तिको सिफारिस गरेको थियो । खपाङ्गीमगरलाई गोरखापत्र दैनिकमा अप्रिल ८, २०२३ प्रकाशित ‘बेलायतमा नेपाली’ शीर्षकको फिचरका लागि सो पुरस्कार प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ यूकेका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष खपाङ्गीमगर बेलायतबाट प्रकाशन हुँदै आएको वीनेपाली डटकमको सम्पादक हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा र किंग्स कलेज लण्डनबाट ग्लोबल अफेयर्समा स्नातकोत्तर गरेका छन् ।

वि.सं. २०५९ देखि पत्रकारितामा प्रवेश गरेका खपाङ्गीमगर सन् २०१० देखि बेलायतमा बसोबास गर्दै आएका छन् । उनले दृष्टि साप्ताहिक, राष्ट्रियपथ साप्ताहिक, गोरखापत्र दैनिक, गोरखा सैनिक आवाज मासिक, सगरमाथा टेलिभिजन, युरोपको नेपाली पत्र साप्ताहिक, एभरेष्ट टाइम्स साप्ताहिक, नेपाली सन्देश साप्ताहिक लगायतका सञ्चारमाध्यममा काम गरिसकेका छन् ।

बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई विस्तृत र खोजमूलक पत्रकारितामा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले शाखाले सो पुरस्कारको स्थापना गरेको हो । हरेक वर्ष प्रदान गरिने सो पुरस्कारको राशी ५०२ पाउण्ड र प्रमाणपत्र रहेको छ । यसअघि सो पुरस्कार श्रीभक्त खनाल, नविन पोखरेल र खेमराज रानाभाटले पाइसक्नुभएको छ । पुरस्कार शाखाको आइतबार अल्डरसटमा आयोजित १२ औँ वार्षिकोत्सव तथा च्यारिटी नाइटमा वितरण गरिनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।