६० प्रतिशत एमालेको सदस्यले गरेनन् सदस्यता नवीकरण

काठमाडौं, साउन ५ । सांगठनिक संरचना र मतका हिसाबले सबैभन्दा दर्बिलो मानिएको कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सदस्यता संख्याका हिसाबले खिइँदै गएको छ । चुस्त र व्यवस्थित ठानिएको उक्त दलका संगठित सदस्यहरूले सदस्यता नवीकरण नगरेपछि पार्टीको सदस्य संख्यामा उल्लेख्य ह्रास आएको हो ।

एमालेको गत दशौं महाधिवेशनमा संगठित सदस्यता संख्या आठ लाख ५ हजार रहेको दाबी गरिए पनि अहिले उक्त संख्याको ४० प्रतिशत मात्रै सदस्यता नवीकरण भएको एमालेले जनाएको छ । एघारौं महाधिवेशनमा दश लाख संगठित सदस्य बनाउने लक्ष्य राखेको एमालेको सोही तथ्यांकलाई आधार मान्दा हालसम्म नवीकरण गरिएका संगठित सदस्य संख्या ३ लाख ३६ हजार मात्रै हुन आउँछन् । पार्टीको आन्तरिक व्यवस्थापन नियमावलीअनुसार वर्षको अन्तिम महिना चैत्रभित्र संगठित सदस्यता नवीकरण भइसक्नुपर्ने व्यवस्था छ । तर, २०७९ सालको नवीकरणको अन्तिम अभिलेख पार्टीले अझै अद्यावधिक गर्न सकेको छैन ।

एमालेका एक नेताका अनुसार पार्टी सदस्यता नवीकरणका लागि सचिवालयको बैठकले साउन १५ सम्मको समयावधि थप गरिएकोे थियो । पछिल्लो समयमा एमालेमा आवद्ध ६० प्रतिशत व्यक्तिहरूले विविध कारणले सदस्यता नवीकरण नगरेको तथ्यांकले देखाउँछ । पार्टीले तोकेको समय अर्थात् २०८० साल असार मसान्तभित्र समेत उल्लेखनीय संख्यामा नवीकरण नभएपछि सचिवालयको बैठकले थप १५ दिन म्याद बढाएर श्रावण १५ गतेसम्म पु¥याएको थियो ।

तर, एमालेका एक केन्द्रीय सदस्यका अनुसार थपिएको १५ दिनभित्र पनि उल्लेखनीय नवीकरण हुने सम्भावना कम छ । उनी भन्छन्– ‘मान्छेमा विश्वास र उत्साह नै छैन, म्याद थपेर मात्र के हुन्छ रु पार्टीले युवाहरूलाई आकर्षित गर्ने नीति कार्यक्रम नै बनाउन नसक्नु र पार्टी फुटको प्रभावलगायत विविध कारणले एकातिर पार्टी सदस्यता नवीकरण गर्नेहरू घटे भने अर्कोतिर नयाँ सदस्य पनि उल्लेख्य संख्यामा बढाउन सकिएन ।’ २०७८ सालको मंसिरमा चितवनको सौराहमा भएको पार्टीको १० औं महाधिवेशनमा सहभागी सदस्य संख्या करिब ८ लाख पाँच हजार पुगेको नेताहरूले दाबी गर्दै आएका छन् ।

राष्ट्रिय राजनीतिमा एमालेको समानुपातिक मत अघिल्लो निर्वाचनको करिब ३३ प्रतिशतबाट घटेर २७ प्रतिशतमा झरेको छ । प्रत्यक्षतर्फ दोस्रो स्थानमा सीमित एमालेको गत वर्षको मंसिर ४ को आम निर्वाचनबाट यस वर्ष वैशाख १० को उपनिर्वाचनसम्म आइपुग्दा पार्टीको भोट र सदस्यता दुवै घटेको छ । नेपाल समाचारपत्र दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।