आयोजना निर्देशकको यौन हर्कत !

काठमाडौं, साउन ६ । सडक विभागका वरिष्ठ इन्जिनियर हरिकुमार पोखरेलले आफ्नै घरमा काम गर्ने युवतीलाई यौन दुर्व्यवहार गरेको दृश्य सामग्री (भिडिओ) बाहिरिएको छ। मध्यपहाडी लोकमार्ग आयोजनाका आयोजना निर्देशक रहेका पोखरेलले आफ्नै घरमा घरायसी क्षेत्रमा काम गर्ने २३ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको भिडिओ बाहिरिएको हो।

पीडित युवती आफैंले सामाजिक सञ्जालमार्फत उक्त भिडिओ सार्वजनिक गरेकी छन्। सार्वजनिक गरिएको भिडिओ ५८ सेकेन्ड लामो छ। भान्सामा कैद गरिएको भिडिओमा पोखरेलले तल्लो शरीरमा लगाएको लुगाबाहिरबाटै आफ्नो यौनांग चलाइरहेका छन्। त्यसपछि उनले युवतीको हात तानेर आफूतिर तान्न खोजिरहेका छन्। त्यसपछिको दृश्य भने स्पष्ट देखिएको छैन। जसमा धक्कामुक्की भइरहेको बुझिन्छ। युवतीले पोखरेललाई अवरोध गर्न खोज्दै चिच्याइरहेकी छिन्।

पीडित युवतीका अनुसार उनी पोखरेलको सिनामंगलस्थित घरमा एक वर्षदेखि घरायसी कामदारका रूपमा काम गर्दै आएकी थिइन्। अविवाहित रहेकी उनले दैनिक एक डेढ घण्टा काम गर्नेगरी मासिक ६ हजार तलब बुझ्दै आएकी थिइन्। आमाबुवाको अवस्था नाजुक रहेको र ऋणमा रहेकाले आफू यसैगरी घरायसी कामदारका रूपमा काम गरेर जीविका चलाइरहेको पीडित युवती बताउँछिन्। ‘यसैगरी दुईतीनवटा घरमा दैनिक एक डेढ घण्टा भाँडा माझ्ने, पुछा लाइदिने काम गरेर थोरथोरै रकमले जीविका चलाउँदै आएकी छु,’ उनले भनिन्, ‘तर श्रम गरेर खान खोज्दा पनि समाजले दिने रहेनछ।’

पोखरेलको घरमा चिनजानकी दिदी नाता पर्नेले काममा लगाइदिएको पीडित युवती बताउँछिन्। उनी भन्छिन्, ‘म उहाँ(पोखरेल)लाई अंकल र उहाँकी पत्नीलाई आन्टी भनेर आदर गरेर बोल्थेँ। पहिला केही थिएन। पछि उहाँ जिस्कन थाल्नुभयो। मैले इग्नोर गर्दै आइरहेकी थिएँ।’

त्यसै क्रममा फागुन २७ गते पोखरेलले आफूमाथि पहिलोपटक दुर्व्यवहार गरेको पीडित युवतीले बताइन्। ‘त्यसपछि म केही समय उहाँको घरमा काम गर्न गइनँ। केही दिन नगएपछि आन्टीले फोन गरेर कर गर्नुभयो। मेरो आर्थिक अवस्थाले जानैपर्ने भयो,’ उनले भनिन्। काममा गएको दिन नै पोखरेलले कोही नभएको मौका पारेर खुट्टा छोएर माफी मागेको उनी बताउँछिन्।

केही समय फेरि सामान्य ढंगबाट काम गरिरहिन्। फेरि वैशाखको १० गते कोही नभएको मौका पारेर पोखरेलले आफूमाथि उसैगरी दुर्व्यवहार गरेको पीडित युवती बताउँछिन्।

यसै क्रममा असार ८ गते उनी पोखरेलको घरमा काममा जाँदा थोरै ढिलो भयो। ‘उहाँ (पोखरेल)ले मलाई कल गरेर किन ढिला गरेको ? छिटो आऊ काममा भन्नुभयो,’ पीडित युवतीले भनिन्, ‘मलाई शंका लागिसकेको थियो, खास्सै ढिलोचाँडो हुँदा फोन नगर्ने मान्छेले फोन गरेपछि।’ त्यो दिन पोखरेलको घरमा श्रीमती र छोराछोरी कोही रहेनछन्। ‘शंका लागेकाले बाहिरबाटै क्यामरा खोलेर गएकी थिएँ। उहाँले फेरि उसैगरी दुर्व्यवहार गर्नुभयो। त्यही रेकर्ड हो यो,’ पीडित युवतीले भनिन्। आफूमाथि लगातार भइरहेको दुर्व्यवहार को प्रमाण खोजिने भएकाले भिडिओ रेकर्ड गर्नुपरेको पीडित युवती बताउँछिन्। त्यसपछि पोखरेलकी श्रीमतीलाई त्यो भिडिओ देखाउँदा उल्टै ‘तँ फसाउन लागेकी’ भनेर प्रतिक्रिया दिएको पीडित युवतीले दुःखेसो गरिन्। नागरिक दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।