१ सय किलो सुन तस्करीमा अन्तर्राष्ट्रिय आपराधिक गिरोह संलग्न

काठमाडौं, साउन ८ । विदेशबाट नेपाल हुँदै भारत पठाउने गिरोहले नेपालका सबै निकायलाई सेटिङ गरेर अवैध सुनको कारोबार गरी नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएपछि राजस्व अनुसन्धान विभागले यसतर्फ गहन अनुसन्धान गर्ने भएको छ । नेपाल प्रहरीले पनि यसतर्फ सजगता अपनाउँदै आफ्नै ढंगले अनुसन्धान अगाडि बढाएको छ ।

गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै संयन्त्र पार गरेर करिब १ सय किलोग्राम सुन तस्करी गरिएपछि विभागले यसमा संगठित अन्तर्राष्ट्रिय आपराधिक गिरोह नै संलग्न भएको निष्कर्ष निकालेको छ ।

विमानस्थलमा रहेको भन्सार कार्यालयबाट बाहिरिएको उक्त सुन पक्रिएसँगै सरकार र विभाग यसमा कडाइपूर्वक कारबाही गर्ने निचोडमा पुगेको छ ।

नेपाल प्रहरीको विशेष स्रोतका अनुसार १ सय किलो सुन प्रकरणमा नेपालमा व्यवसाय गरिरहेका भारतीय नागरिकको संलग्नता रहेको पाएको छ । यसका लागि प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान थालेको छ ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लले यसपटक नेपालमा समातिएको सुनको लगानीकर्तामा चिनियाँ आपराधिक समूह, भारतीय आपराधिक समूह र बिचौलियाको भूमिकामा रहेका नेपालका केही सुन व्यापारीसमेत संलग्न रहेको पुष्टि भएको बताए ।

हङकङबाट नेपाली भूमि हँुदै भारत पठाउने गिरोहको संगठित समूह नै यसमा संलग्न रहेको देखिएको र लगानीका हिसाबले हेर्ने हो भने समातिएको सुनमा सबैभन्दा ठूलो लगानी भारतीय समूहको रहेको विगतको अनुसन्धानले पनि पुष्टि गरेको र अहिलेको घटनाले पनि सोही आशंका दोहो¥याएको उनले बताए ।

पूर्व डीआईजी मल्लले भने, ‘स्कुटरमा लाग्ने ब्रेकसु किन हङकङबाट लगातार आएको छ यसको सूक्ष्म विश्लेषण गरियो भने धैरै कुरा बाहिर आउँछ । भारतबाटै सस्तोमा आउने ब्रेकसु किन हङकङबाट लगातार ल्याइयो भन्नेतर्फ सामान्य सोच भन्सारले नगर्नुले यसमा शंका उत्पन्न भएको छ ।’

कहीँकतै मिलेमतो नभई त्यत्रो परिमाणको सुन आउन नसक्ने जिकिर पनि उनको रहेको छ । सरकारले सो सुन प्रकरण’bout छानबिन गर्ने काम नेपाल प्रहरीलाई दिनुपर्ने जिकिर उनले गरे ।

भारतीय बजारमा सुनको माग प्रतिवर्ष १२ सयदेखि १३ सय टन रहे पनि भारत सरकारले भने ८ सयदेखि ९ सय टन मात्रै आयातको अनुमति दिएकाले पनि सुन तस्करले नेपाली भूमि वा अन्य भूमि प्रयोग गरेर अवैध रूपमा सुन भिœयाउने गरेको पाइएको उनको भनाइ छ । राजधानी दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖