चोभार सुक्खा बन्दरगाह सञ्चालन निजी क्षेत्रलाई दिने तयारी

काठमाडौं, साउन १० । सरकारले चोभारमा रहेको सुक्खा बन्दरगाह (ड्राई पोर्ट) प्रभावकारी रूपमा चलाउन नसकेपछि सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन लागेको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले टेन्डर आह्वान गरेर पाँच वर्षका लागि बन्दरगाह सञ्चालनमा दिइने जानकारी दिएको हो । समितिले एक सूचना प्रकाशित गर्दै समितिले बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइन लागेको बताएको छ । पाँच वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने गरि टेन्डर आह्वान गरेको हो ।

हालसम्म समिति आफैँले नियमन र व्यवस्थापनको काम गर्दै आएको थियो । अन्य स्थानका बन्दरगाह निजी क्षेत्रले सञ्चालन गरिरहेका छन् । समितिका अनुसार आगामी ४५ दिनभित्र इच्छुक कम्पनीले बोलपत्रका लागि आवेदन दिन सक्ने छन् । भदौ २२ गतेसम्म बोलपत्र भर्न सकिने छ ।

आवेदन दिने कम्पनीका लागि बन्दरगाह व्यवस्थापन तथा टर्मिनल व्यवस्थापन, वेयर हाउस, यातायात, क्लियरिङ एन्ड फरवार्डिङलगायतका काममा कम्तीमा पाँच वर्षदेखि संलग्न भएको र विगत तीन वर्षको औसत कारोबार कम्तीमा ६० लाख भएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

२२० रोपनीमा फैलिएको चोभार बन्दरगाह विश्व बैङ्कको ऋण सहयोगमा निर्माण गरिएको थियो । बन्दरगाह औपचारिक रूपमा सञ्चालनमा आए पनि प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन । गोरखापत्र दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖