मन्त्रीको राजीनामा माग्दै सदन अवरोध गर्ने एमालेको तयारीलाई रास्वपा-राप्रपाले नसघाउने

काठमाडौं,१० साउन । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट सय किलो सुन भित्रिएको घटनामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्ने तयारी गरेपनि अन्य प्रतिपक्षी दल रास्वपा र राप्रपाले भने अवरोध नगर्ने भएका छन् ।

उक्त घटनामा नैतिक जिम्मेवारी लिँदै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग्ने एमालेको तयारीलाई अन्य प्रतिपक्षी दलले यसपटक भने नसघाउने भएका हु्न् ।

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पार्टीले गृहमन्त्रीको जवाफ मात्र माग गर्ने र राजीनामा माग गर्ने एमालेको तयारीलाई नसघाउने जानकारी दिए ।

सचेतकद्धय शाही र परियारले भने ‘हामीले संसदमा गृहमन्त्रीको जवाफ माग गर्छौं तर उहाँको राजीनामा माग्दैनौँ’ ।

एमालेले भने उक्त घटनामा नैतिकताको आधारमा दुइृ मन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएको छ । संसद बैठक दिउँसो १ बजे बस्दैछ । बैठकका बारेमा थप एजेण्डा तय गर्न मध्यान्न १२ बजे एमाले संसदीय दलको बैठक बस्दैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।