डेंगु मुलुकभर फैलिँदै, खै पूर्वसतर्कता ?

काठमाडौं, साउन ११ । मुलुकभर डेंगु संक्रमणदर बढ्दै जानथालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले ६९ जिल्लामा डेंगु फैलिसकेको जनाएको छ । इडिसिडीका अनुसार जनवरीदेखि जुलाइसम्म सात महिनामा डेंगुबाट सात जनाको मृत्यु भइसकेको छ भने ४ हजार २ सय ८९ जना संक्रमित भइसकेका छन् ।

संक्रमित संख्या अझै बढ्नसक्ने संकेत देखिएको छ । तर, रोकथामका लागि पूर्वसतर्कता अपनाएको भने पाइँदैन । गत वर्ष जुलाई महिनापछि डेंगुबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेको थियो । अहिले पनि सतर्कता नअपनाए डेंगु बढ्नसक्ने चिकित्सकहरूको भनाइ छ ।

हालसम्म सबैभन्दा बढी कोसी प्रदेशमा डेंगु संक्रमित हुनेको संख्या धेरै देखिएको छ । कोसी प्रदेशमा मात्रै हालसम्म २ हजार ४ सय ५७ जना संक्रमित भएका छन् । त्यस्तै, दोस्रोमा बाग्मती प्रदेशमा ६ सय ६७ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा ३ सय ४४ जना र सुदूरपश्चिम प्रदेशमा ३ सय १६ जना संक्रमित भएको रिपोर्ट सार्वजनिक भएको छ । त्यस्तै, मधेश प्रदेशमा २२ जना र कर्णाली प्रदेशमा संक्रमितको संख्या २० जना रहेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत सोमबारसम्मको तथ्यांकनुसार हालसम्म १० जिल्लालाई डेंगु उच्च संक्रमित भएको सूचीमा राखिएको छ । जसमा सबैभन्दा बढी सुनसरीमा हालसम्म २ हजार ५ सय ४२ जना डेंगुबाट धेरै संक्रमण हुनेमा पर्छन् । त्यस्तै, धादिङमा ४ सय १, कास्कीमा २ सय ५, दार्चुलामा १ सय ९०, काठमाडौंमा ८०, संखुवासभामा ६४, म्याग्दीमा ५४, कञ्चनपुरमा ५२, रूपन्देहीमा ४५ र मोरङमा ३८ जना डेंगु संक्रमित भइसकेका छन् ।

डेंगुको संक्रमण फैलिएपछि ६९ जिल्लाका सबै स्थानीय तहमा उच्च सतर्कता अपनाइएको महाशाखाले जनाएको छ । चिकित्सकका अनुसार हल्कादेखि उच्च ज्वरो आउने, मांशपेशीहरू अत्यधिक दुख्ने, टाउको दुख्ने, आँखा वा आँखाका गेडी दुख्ने, वान्ता हुने थकान र बेचैनी हुने एवं जोर्नीहरू दुख्ने यस संक्रमणका मुख्य लक्षण हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालालयले यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्था जान आग्रह गरेको छ । राजधानी दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।