नेपालमा एक वर्षमा २१ करोड रुपैयाँको तीन करोड ६५ लाख थान कन्डम भित्रियो

काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० मा नेपालमा तीन करोड ६५ लाख ९९ हजार २९० थान कन्डम आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कन्डमको आयात झन्डै डेढ करोड थानले घटेको छ ।

गत वर्ष २१ करोड २८ लाख ४४ हजार रुपैयाँ बराबरको कन्डम नेपाल भित्रिएको हो । यसबाट सरकारले करिब सात हजार रुपैयाँ राजस्व उठाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा १६ करोड ३० लाख १६ हजार रुपैयाँ बराबरको पाँच करोड ५ करोड २८ लाख ३७ हजार ८ सय ७८ वटा कन्डम नेपाल भित्रिएको थियो । यसबाट सरकारले सात हजार रुपैयाँ राजस्व उठाएको थियो ।

यस्तै, पछिल्लो एक वर्षमा ३८ करोड ५९ लाख रुपैयाँ बराबरको ६८ हजार ४२५ किलो हर्मोन र शुक्राणुलगायतमा आधारित रासायनिक गर्भनिरोधक सम्बन्धीको वस्तु नेपाल भित्रिएको छ । यसमा भने वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा २८ करोड ७१ लाख रुपैयाँ बराबरको ६५ हजार ७१ किलोग्राम हर्मोन र शुक्राणु लगायतमा आधारित रासायनिक गर्भनिरोधक सम्बन्धीको वस्तु नेपाल भित्रिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।