२३ साउनदेखि आईपीओ निष्कासन गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २३ साउदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलाउने भएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियमसहित २५७ रुपैयाँमा १ करोड २० लाख कित्ता साधराण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

कम्पनीले जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर प्रिमियम सहित निष्कासन गर्ने स्वीकृति पाएको थियो । जसमध्ये सार्वजनिक निष्कासन हुने सेयरको १० प्रतिशतले हुने १२ लाख कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले सार्वजनिक निष्कासन गर्न स्वीकृति पाएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा नै छुट्याएको छ ।

कम्पनीले कर्मचारीलाई निष्कासन गर्ने सेयर भने प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा नै निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

यस्तै सर्वसाधारण लगानीकर्ताले बाँकी ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयरमा लगानीकर्ताले २३ साउनदेखि २६ साउनसमम आवेदन दिन सक्नछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भने आवेदन दिने अवधि ५ भदौसम्म थप हुनेछ । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङस् नेपालले ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले इन्स्योरेन्सको जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।