एउटा बच्चाको खोप अर्कोलाई लगाउँदा…

काठमाडौं । चिकित्सकको लापरबाहीका कारण कान्ति बाल अस्पतालले एक पीडित बालकलाई ३० लाख रूपैयाँ क्षतिपूर्ति भराउनुपर्ने भएको छ । आडकै शय्याका एक बालकलाई दिनुपर्ने औषधि अर्कोलाई लगाइदिएपछि जीवनभर शारीरिक रूपमा क्षति बेहोरेका ती बालकलाई क्षतिपूर्ति भराउन सर्वोच्च अदालतले कान्ति बाल अस्पताललाई आदेश गरेको हो ।

न्यायाधीश हरिप्रसाद फुंयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७९ माघ २५ गते गरेको फैसलाको पूर्णपाठ हालै आएको हो । कान्ति बाल अस्पतालको चिकित्सकीय असावधानीका कारण ८ महिनाको बालकको स्वास्थ्यमा गम्भीर असर परेको पुष्टि भएको थियो ।

त्यसपछि बच्चाका बुवालाई जिल्ला प्रशासन कार्यालयले १५ लाख रूपैयाँ दिने निर्णय गरेको थियो । त्यसमा चित्त नबुझेपछि बच्चाका बुबाले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए ।

उच्च अदालतले १५ लाख रूपैयाँ दिने निर्णय सदर गरेको थियो । त्यसपछि सर्वोच्चमा मुद्दा दोहोऱ्याई पाऊँ भन्दै निवेदन दर्ता भएको थियो । सर्वोच्चले उच्च अदालतको फैसला उल्टाउँदै ३० लाख रूपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको हो । यो समाचार नागरिक दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।