नेम्वाङको दाबी- पहिचानवादीले किरात प्रदेशका लागि होइन एमालेविरुद्ध आन्दोलन गरेका हुन्

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले कोशीमा पहिचानवादी भनेर आन्दोलन गर्नेहरूको उद्देश्य किरात राज्य स्थापना गर्ने नभएर एमालेमाथि आक्रमण गर्ने रहेकाले उनीहरू सफल हुन नसकेको बताएका छन् ।

एमालेसम्बद्ध किरात समुदायका अगुवा नेता कार्यकर्ताहरूको शनिवार काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै नेम्वाङले कोशीमा एमाले सरकार ढलिसकेको भन्दै पहिचानवादीहरूको उद्देश्य किरात प्रदेश नामकरण हो भने अब कांग्रेस र माओवादीलाई नाम फेर्ने प्रस्ताव दर्ता गराउनु पर्ने बताए ।

नेम्वाङले भने- उहाँहरूको आन्दोलन पहिचानका लागि हो भने अब कांग्रेस माओवादीहरूलाई भनेर प्रदेशको नाम परिवर्तनको प्रस्ताव राखे भयो नि त । एमालेले त्यसबेला के गर्छ हेरे भयो नि त । तर उहाँहरूको उद्देश्य पहिचान होइन एमालेमाथि आक्रमण गर्ने हो ।

पूर्व सभामुख नेम्वाङले पहिचानवादी भन्नेहरूले छानिछानी एमालेका नेता कार्यकर्तामाथि बाटो ढुकेर आक्रमण गरेको भन्दै इलाममा प्रदेश सभा सदस्य राम रानालाई मोबिल छर्केर हत्या गर्न खोजेको आरोप लगाए । नेम्वाङले पहिचानवादीहरूलाई चुनाव जितेर किरात प्रदेश नामकरण गर्न चुनौती समेत दिए ।

कार्यक्रममा कोशीका पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले कोशीका पहिचानवादीको आन्दोलन पहिचानका लागि नभएर एमालेको विरोधको राजनीतिमात्र भएको दाबी गरे ।

कार्यक्रममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा,सांसद मानवीर राई,उषाकला राईलगायतले विभिन्न स’झाव दिएका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।