अर्को मोबाईल क्लिनिक पनि सञ्चालन गर्ने रविको घोषणा

काठमाडौं, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मोबाईल क्लिनिकका लागि प्राप्त भएको गाडीमात्रै परिवर्तन हुन लागेको बताएका छन् । उनले मोबाईल क्लिनीक सञ्चालनमै रहेको बताए । आज जुगेडी क्षेत्रमा मोबाईल क्लिनिक सञ्चालनमा रहेको पनि उनले बताएका छन् । मोबाईल क्लिनिक अब छिट्टै दुई वटा सञ्चालनमा आउने उनको दाबी छ ।

‘कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ। यो रोकिने होईन, छिट्टै २ वटा हुन्छ,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

ब्लु बसमा पनि कुनै समस्या नरहेको उनले बताएका छन् । मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि लागेको भन्दै उनले आक्रोशसमेत व्यक्त गरेका छन् । ‘भोलि टायर पुरानो भनेर लेख्न तयार हुनुहोला। हैट हेडलाईन आतंकर, हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौं,’– उनले भनेका छन् ।

रास्वपाले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको थियो । रास्वापा सभापति लामिछाने चितवन क्षेत्र नं.२ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर यही १७ साउनदेखि मोबाइल क्लिनिक सन्चालनमा ल्याएको घोषणा गरेका थिए । तर, गैरकानुनीरूपमा रङ परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै यो विवादमा परेको थियो ।

उक्त एम्बुलेन्स भारतीय दूतावासले आजभन्दा ११ वर्ष अगाडि चितवनको कलेजलाई दिएको थियो । लामो समयदेखि नवीकरणसमेत नगरिएको ना २ ख ५६१९ नम्बरको सेतो रंगको एम्बुलेन्स गत साउन १४ गते जरिवाना तिरेर नवीकरण गरिएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।