सुन तस्करी छानबिनमा एमालेको अडान कायमै

काठमाडौं : सदनको अवरोध खुलाउनेबारे प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकसहित सभामुख पुन: छलफलमा जुटेका छन् । यसअघि सिंहदरबारमा बसेको बैठक निष्कर्षविहीन टुंगिएको थियो । नेताहरू पुन: बस्ने गरी उठेका थिए ।

नयाँ बानेश्वरमा रहेको संसद भवनस्थित सभामुखको कार्यकक्षमा बैठक जारी छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, दलका प्रमुख सचेतक र सचेतक सहभागी छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानलाई कायमै राखेको छ । प्रधानमन्त्री प्रचण्ड भने समिति बनाउन तयार नभएको एमाले सचेतक महेश बर्तौलाले बताए ।प्रधानमन्त्रीले गठबन्धनमा छलफलका लागि एक घण्टाको समय मागेका थिए । आज १ बजेका लागि बोलाइएको बैठक ४ बजेसम्मको लागि सूचना टासेर स्थगित गरिएको थियो

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।