स्वीजरल्याण्ड पुगेका माधव नेपालले भने- नबिराउनु, नडराउनु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूले कुनै बदमासी नगरेको प्रष्टीकरण दिएका छन् ।

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री समेत रहेका नेपाललाई पनि अनुसन्धानको दायरमा ल्याउन आदेश दिएकोबारे आफूले केही भन्नुपर्ने नरहेको उनको भनाइ छ ।

स्वीजरल्याण्ड पुगेका अध्यक्ष नेपालले भने, ‘नबिराउनु नडराउनु । मैले कुनै बिराएको छैन, बदमासी गरेको छैन, भ्रष्टाचार गरेको छैन । मैले नितान्त असल मनसायले बालुवाटार विस्तारको मास्टरप्लान अघि बढाउन पक्षमा गरेको हुँ । कुनै अनुचित काम गरेको छैन । कुनै व्यक्तिलाई उन्मुक्ति दिने होइन । छानबिन गर्ने, बदमासी गरेको छ भने दण्डित गर्ने ।’

उनले आफूले कुनै अनुचित काम नगरेको भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।‘राष्ट्र र राष्ट्रिय सम्पत्तिका विरुद्धमा, भ्रष्टाचारको पक्षमा त्यसमा मुछिने कुनै काम गरेको छैन । त्यो भएकाले अदालतको निर्णयको बारेमा मैले केही भन्नु छैन’ अध्यक्ष नेपालको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।