नयाँ डिजाइनमा ५ रुपैयाँको सिक्का प्रचलनमा ल्याइने

काठमाडौं । सरकारले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैंठकले उक्त परिमाणमा सिक्का टकमरी गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

हाल नेपाल राष्ट्र बैंकको टक्सार विभागले १ रुपैयाँ र २ रुपैयाँ दरको सिक्का मात्रै टकमरी गर्दै आएकोमा अब राष्ट्र बैंकले ५ रुपैयाँ दरको सिक्का बजारमा ल्याउन लागेको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलले बताए ।

नेपाल राष्ट्र बैंक ‘नोट छपाइ तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५-पहिलो संशोधन, २०७५’मा नयाँ डिजाइन हुने सिक्काको टकमरी नेपाल सरकारबाट स्वीकृति प्राप्त भएपछि मात्रै गर्न सक्ने व्यवस्था छ ।

पुरानै डिजाइनको सिक्का पुनः टकमरी भने राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृतिबाटै गर्न पाइने व्यवस्था छ ।

५ रुपैयाँ दरको नयाँ सिक्का नयाँ डिजाइनमा आउने राष्ट्र बैंक टक्सार विभाग प्रमुख थानेश्वर आचार्य बताउँछन् । सिक्काको नयाँ डिजाइनमा नेपालको संस्कृति झल्कने र राष्ट्रिय जनावर पनि अंकित हुने उनले बताए ।

नेपालमा यसअघि पनि ५ रुपैयाँको सिक्का प्रचलनमा रहेको थियो ।

किन प्रचलनमा ल्याउन लागियो ५ रुपैयाँको सिक्का ?

राष्ट्र बैंकले हाल ५ रुपैयाँ दरको नोट छपाइ गर्दै आएको भए पनि सिक्का टकमरी भने गर्ने गरेको थिएन । ५ रुपैयाँ दरको नोटको आयु कम हुने र छपाइ लागत बढी पर्ने भएकोले सिक्का टकमरी गर्न लागेको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. पोख्रेलले बताए ।

सिक्का मात्रै बोकेर बजारमा जाँदा पनि केही सामान खरिद गर्न सक्नेगरी सिक्का निष्कासन गर्नुपर्छ भन्ने राष्ट्र बैंकको योजना रहेको उनले बताए । ५ रुपैयाँ मात्रै नभई त्यसभन्दा बढी दरका सिक्का पनि टकमरी गर्ने योजना रहेको उनले बताए ।

नोटको आयु १ देखि ३ वर्ष हुन्छ । सिक्काको आयु २० वर्ष भनिए पनि ४० वर्षसम्म पनि यसलाई प्रचलन गर्न सकिने देखिएकाले लागत पनि कम हुने राष्ट्र बैंक टक्सार विभाग प्रमुख आचार्य बताउँछन् ।

‘१ रुपैयाँ र २ रुपैयाँ दरको सिक्काको खरिद क्षमता कमजोर भयो । त्यसैले ५ रुपैयाँको सिक्का प्रचलनमा ल्याउन लागिएको हो,’ उनले भने, ‘५ रुपैयाँको सिक्का पनि सानो हुन्छ । ५० रुपैयाँसम्मको सिक्का निष्कासन गर्नुपर्छ ।’

अहिले नोट पनि छपाइ हुने र सिक्का पनि टकमरी हुने तर विस्तारै सानो दरको नोट भन्दा सिक्का टकमरी गर्नुपर्ने भन्ने योजना रहेको टक्सार विभाग प्रमुख आचार्य बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖