सडकमा छाडिएको बम विस्फोट हुँदा एक पत्रकारसहित चार जनाको ज्यान गयो

एजेन्सी । सिरियाको दक्षिणी प्रान्त दारामा सडक किनारमा छाडिएको बम विस्फोट हुँदा एक टेलिभिजन पत्रकारसहित चार जनाको ज्यान गएको छ । ज्यान गुमाउने अरु तीन जना सुरक्षाकर्मी रहेका छन् ।

निजी स्वामित्वको सिरियाली सामा टिभीका संवाददाता फिरास अल–अहमद र सैनिक जवान दारा प्रान्तमा लागुऔषध विरुद्धको अभियानबाट फर्कने क्रममा बम विस्फोटमा परेका थिए । आतङ्कवादी समूहले सडकमा बम राखेको सुरक्षा निकायलाई उद्धृत गरी अल जजिराले जनाएको छ ।

दारा प्रान्त वर्षौँदेखि हिंसाको चपेटामा छ । प्रेस स्वतन्त्रता समूह रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार सन् २०११ मा गृहयुद्ध सुरु भएयता सिरियामा दुई सय ७० जनाभन्दा धेरै पत्रकार मारिएका छन् । सिरियाको द्वन्द्वमा पाँच लाख जनाभन्दा धेरैले ज्यान गुमाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।