पाकिस्तानमा संसद्‌ विघटन

काठमाडौं– राजनीतिक उथलपुथल र जारी आर्थिक संकटका बीच पाकिस्तानमा संसद् भंग भएको छ। प्रधानमन्त्री शेहबाज शरीफको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार साँझ संसद् (नेशनल असेम्बली) भंग गरेका हुन्।

नेशनल असेम्बली भंग संविधानको अनुच्छेद ५१-१ का आधारमा गरिएको राष्ट्रपति अल्वीले उल्लेख गरेका छन्।
संसद् भंग हुनेवित्तिकै मन्त्रीमण्डल पनि पनि भंग भएको छ। तर कार्यबाहक प्रधानमन्त्री नियुक्त नहुन्जेल शरिफ नै पदमा रहनेछन्।

अबको ३ दिनमा कार्यबाहक प्रधानमन्त्री चुनिनेछन्। चुनावका लागि बिहीबार विपक्षी नेता राजा रियाज र प्रधानमन्त्री शहबाजबी छलफल हुने बताइएको छ। यस्तै, कार्यबाहक प्रधानमन्त्रीका रुपमा पनि सर्वसम्मत नाम सिफारिस गर्ने विषयमा छलफल हुनेछ।

पाकिस्तानी संसद्‌को कार्यकाल १२ अगस्तमा समाप्त हुँदै थियो। तर ३ दिनअघि नै भंग गरिएको हो।
विघटनले पूर्व प्रधानमन्त्री इमरान खानले भाग लिन नसक्ने चुनावको निरीक्षण गर्न कामचलाउ सरकारको लागि मार्ग प्रशस्त गरेको छ। खानलाई अप्रिल २०२२ मा पदबाट हटाएपछि उनीविरुद्ध करिब २०० मुद्दाहरु दायर गरिएका थिए। जसमध्येको एउटा भ्रष्टाचारको आरोपमा दोषी ठहरिएका थिए। अहिले उनी जेलमा छन्।

खान नेतृत्वको दल पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले सन् २०१८ मा भएको आम निर्वाचनमा सबैभन्दा बढी सिट जितेको थियो। पूर्व क्रिकेट स्टारले चुनावी नतिजा प्राप्त भएको ३ दिनपछि प्रधानमन्त्रीको रुपमा शपथ लिएका थिए।

आम चुनावको मिति पुन: नजिकिँदै गर्दा सन् १९४७ देखि कम्तीमा ३ वटा सफल विद्रोह गरेको पाकिस्तानको सेनाले फेरि द्वन्द्वग्रस्त देशको राजनीतिलाई आफ्नो छायाँमा पारेको विश्लेषण भइरहेको छ।

पूर्व क्रिकेटर खानको लोकप्रियता र उनको पदच्यूत धेरै हदसम्म सेनाद्वारा प्रभावित भएको विश्लेषण पनि हुन्छ। पाकिस्तानी क्रिकेटका पूर्व कप्तान खानले राजनीतिमा सैनिक हस्तक्षेप हुने गरेको आरोप लगाउँदै सेनाविरुद्ध असहमतिको अभियान चलाएका थिए। उनले एक गुप्तचर अधिकारीलाई नोभेम्बरमा आफूमाथि भएको हत्याको प्रयासको ‘मास्टरमाइन्ड’ भनेर आरोप लगाए, जुन घटनामा उनको खुट्टामा गोली लागेको थियो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖