जनमत पार्टीको सरकारमा पुनरागमन, माओवादीका एक मन्त्रीको बहिर्गमन !

काठमाडौं। सरकारमा जनमत पार्टीलाई सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेका छन् ।

सत्ता साझेदार जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले आफ्नै पार्टीका एक मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा ल्याउने तयारी गरेका हुन् ।

माओवादी निकट स्रोतका अनुसार सरकारमा सहभागी एक मन्त्रीलाई फिर्ता बोलाउने तयारीमा प्रधानमन्त्री लागेका छन्।माओवादीले सरकारमा रहेका पाँच मन्त्रीहरु मध्येबाट एक जनालाई फिर्ता बोलाएर जनमतको सत्तारोहण गराउने तयारीमा लागेको स्रोत बताउँछ।

उनले माओवादीबाट सरकारमा सहभागी मन्त्रीमध्ये संस्कृति पर्यटन तथा नागरिक उ्ड्यन मन्त्री सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीमध्ये एक जनालाई सरकारबाट फिर्ता बोलाउने गरी गृहकार्य गरिरहेको स्रोतले जनाएको छ ।

माओवादीले सरकारमा प्रधानमन्त्रीसहित पाँच मन्त्रालय र एक राज्यमन्त्री पाएको छ। सरकारमा नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधि, अमनलाल मोदी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री,सुदन किराती संस्कृति पर्यटन तथा नागरिक उ्ड्यन मन्त्री र सुशीला श्रीपाली राज्यमन्त्री रहेका छन्।

यस अघि जनमत पार्टीका तर्फबाट अब्दुल खान खानेपानी मन्त्रालयसहित सरकारमा सहभागी भएका थिए। सरकारमा सामेल भएको उक्त पार्टीले रोजेको मन्त्रालय नपाएको भन्दै सरकारबाट बाहिरिएको थियो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।