सुनिल शर्माबारे केपी ओली : उनी भाग्दैन थिए, सुन तस्करीबारे बोल्दा रिसइबी साँधियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले रिसइबी साँध्न समातेको बताएका छन्।

साउन ३ गते बरामद भएको सुन तस्करीमा जोडिएकाहरुबारे जरैसम्म पुग्र अनुसन्धान गरौँ भन्दा शर्मालाई पक्राउ गरिएको उनले बताए।

‘सुनिल शर्माबारे छानबिन नगर भनेको होइन। अदालतले त तत्कालै छाडिदियो नि। समात्नै नहुने थियो, छानबिनबाट ठहर्ने नठहर्ने त थाहा थिएन’, उनले भने, ‘२३४ पटक गिरोहसँग कुरा हुँदा कारबाही हुँदैन, छानबिन हुँदैन तर सुन तस्करीबारे प्रश्न उठाउँदा शर्मालाई समातियो।’

उनले मेडिकल कलेजसमेत चलाइरहेका सांसद शर्मा जस्तो सांसद देश छाडेर भाग्न नसक्ने बताए। ‘हतार हतार उनलाई पक्राउ गरेर गिरफ्तार गर्नुपर्ने किन?’, उनले भने, ‘अहिले सरकारले बाहिर अनेक प्रकारका स्टन्ट गरेको छ। सुनिल शर्माको सर्टिफिकेटको म जाँचकी होइन, हामीले सर्टिफिकेट नजाँच भनेका छैनौँ। तर यति बेला सुन तस्करी र ललिता निवास छाडेर सरकार एउटा व्यक्तिसँग रिसइबी साँध्न लागेको छ।’

सुनिल शर्माले मन्त्रीको राजीनामाको विषय उठाएकै कारण, जरैसम्म गएर छानबिन हुनुपर्छ भन्दा अप्ठेरोमा पार्न खोजिएको बताए।

२५ वर्षअघिको कुरालाई अहिले सुन तस्करी ओझेलमा पार्ने गरी सरकारले विषयान्तर गरिरहेको पनि ओलीले बताएका छन्।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।