अन्तरिक्षबाट सगरमाथा कस्तो देखिन्छ ? युएईका अन्तरिक्ष यात्रीले सेयर गरे फोटो
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) का अन्तरिक्ष यात्री सुल्तान अल नेयादी छ महिनाको लागि मिसन पूरा गर्न हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा छन्।
उनले यहाँबाट खिचिएका तस्बिरहरू सोसल मिडिया प्लेटफर्म एक्स (पहिले ट्विटर) मा सेयर गर्दैछन्। अब उनले अन्तरिक्षबाट हिमालय कस्तो देखिन्छ भन्ने बताए । उनले अन्तरिक्षबाट खिचिएका हिमालयका दुई तस्बिर सेयर गरेका छन् ।
एक्समा शेयर गरिएका यी तस्विरहरूलाई मानिसहरूले मन पराइरहेका छन्। आफ्नो ट्वीटको क्याप्शनमा अल नेयादीले लेखेका छन्, ‘अन्तरिक्षबाट हिमालय । सगरमाथा शिखरको घर, पृथ्वीको समुन्द्र सतह माथिको उच्चतम बिन्दु, यी पहाडहरू हाम्रो ग्रहको समृद्ध प्रकृतिको प्रतिष्ठित साइटहरू मध्ये एक हुन् ।’


