खुट्टा फर्किनु भनेको के हो ? यसबाट बच्ने घरेलु उपाय !

एजेन्सी । कुनै समय मानिसको खुट्टा (छेपारी) को मांशपेसी फर्किने गर्छ । त्यसरी फर्किएको समयमा मानिस अपाङ्ग जस्तै हुन्छ । ऊ हिँड्न सक्दैन । दैनिक कामकाज गरिरहेका बेला धेरै व्यक्तिले भोगिरहेको समस्या हो यो । आखिर के हो त यो ? किन यस्तो हुन्छ ? यस्तो नहुन के गर्नुपर्छ ? आउनुहोस् हेरौँ डाक्टरहरूका कुरा ।

खुट्टा फर्किनु भनेको के हो ?
कम्मरभन्दा तल मानव शरीरका मांशपेसीहरूले स्थान परिवर्तन गर्नु नै खुट्टा फर्किनु हो भन्छन् जिल्ला अस्पताल खोटाङका स्वास्थ्य प्रमुख डा. राम बहादुर केसी । वास्तवमा किन फर्किन्छ त खुट्टा ? यो जिज्ञासामा मानव शरीरमा क्याल्सियम र पोटासियम नामक भिटामिनको कमी हो भन्छन् उनी ।

अकास्मत रुपमा आईपर्ने यो समस्याले कुनै सङ्केत दिदैन । फलस्वरुप एकान्त तथा एक्लै भएको अवस्थामा खुट्टा फर्किने समस्याले वढी पिरोल्ने उनको भनाई छ ।

यसबाट बच्ने घरेलु उपाय

यसको उपचारका लागि डा. केसी भन्छन्, ‘एक्कासी खुट्टा फर्केमा साधरण घरैमा बसेर उपचार गर्न सकिन्छ ।’ एक्कासी खुट्टा फर्किएमा आराम गर्ने, फर्केका ठाउँमा हल्का हल्लाएर मालिस गर्ने, फर्केका भागमा हिर्काएर भाईव्रेशन दिएमा खुम्चेका मांशपेसी तथा नशाहरु १० देखि २० मिनेटमा यथास्थानमा जाने उनी बताउँछन् ।

यस समस्याबाट छुटकारा पाउनका लागि आरामदायी बसाई तथा धेरै मात्रामा केरा, आलु, हरियो सागपात, प्रशस्त पानी पिउने, दुध उमालेर पिउने र स्याउ खानुपर्ने चिकित्सकहरू सर्वसाधारणलाई सुझाउँछन् । त्यस्ता खाद्यपदार्थबाट मानव शरीरमा क्यालसियम र पोटासियम प्राप्त भई खुट्टा फर्किने समस्या कमी हुने गर्दछ ।

चिकित्सकहरुका अनुसार महिनामा एक÷दुई पटक खुट्टा फर्केमा स्वास्थ्य चौकीमा जाँच गराउनु उपर्युक्त हुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖